• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बढ्यो जनचेतना : बढे रेड पाण्डा


  •   बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
  • पाँचथर । उच्च हिमाली तथा पहाडी भागमा पाइने रेड पाण्डा अति नै सुन्दर उभय भक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो (साइनिङ क्याट)को नामले पनि चिनिन्छ । किनकि शारीरिक रूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । विश्वका पाँच देश नेपाल, भारत, भुटान, चीन र म्यानमारमा रेडपाण्डा पाइन्छ । यसलाई हाब्रे पनि भनिन्छ । रेड पाण्डा नेटवर्कले सन २०१६ मा गरेको सर्भेले नेपालका २४ जिल्लामा रेड पाण्डा पाइने तथ्य फेला पारेको थियो ।

    Advertisement

    जिल्लामा वर्तमान समयमा चोरी निकासी कार्य नभएको तथा जन चेतनामा वृद्धि भएकोले रेड पाण्डाको स्थिति राम्रो भएको रेड पाण्डा नेटवर्क परियोजनाका संयोजक वाङचु भुटियाको भनाई छ ।

    समुन्द्र सतहदेखि २२०० – ४८०० मिटर उचाइसम्म रेड पाण्डा पाइन्छ । मालिङ्गो र निगालो भएको शितोष्ण चौडा पात पाइने जङ्गलमा रेड पाण्डा पाइने गर्दछ । मान्छे देखेपछि लजाएर बस्ने भएकोले रेड पाण्डालाई लजालु वन्यजन्तु मानिन्छ । ३ देखी ६ केजीसम्म हुने रेड पाण्डाको गर्भधारण अवधि १ सय ३५ दिनको हुने बताइएको छ । नेपालमा विभिन्न हिसाबले रेडपाण्डाको अनुसन्धान र संरक्षणको काम भइरहेको छ ।

    नेपालमा ५ सयको हाराहारीमा पाइने रेड पाण्डा पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ४ , ५ र ६ , फिदिम नगरपालिका वडा नम्बर १३ र १४ , याङवरक गाउँपालिका वडा नं १ र २ लगायतका उच्च भेगहरूमा रेड पाण्डाको बासस्थान रहेको पाइएको छ । पाँचथर जिल्लामा २५ देखी ४० को सङ्ख्यामा रेड पाण्डा रहेको अनुमान गरिएको छ ।

    प्रजनन

    — १८ देखी २० महिनामा वयस्क

    — २४ देखी २६ महिनामा बच्चा जन्माउने

    — पौष देखी फागुन सम्ममा भाले लाग्ने

    — गर्भाधान अवधि ५ महिना

    — जेठ देखी साउन सम्म बच्चा जन्माउने

    — औषत २ वटा बच्चा जन्माउने

    रेड पाण्डाको संरक्षणका गतिविधि

    अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ( आइयुसिएन) ले रेड पाण्डालाई सन् १९९६ सालदेखि सङ्कटापन्न जीवको सूचिमा राखेको छ । सङ्कटापन्न वन्यजन्तु भएकाले रेड पाण्डाको संरक्षणका लागी विभिन्न कामहरू भइरहेका छन् । पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङलाई पीआइटी करिडोर बनाएर समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन,पर्यटन प्रवर्धन र क्षमता विकासका लागी सन् २००७ देखी नै रेड पाण्डा नेटवर्कले यी जिल्लामा काम गरिरहेको छ । सामुदायिक वन, प्रहरी सँगको सहकार्यमा विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको साझेदार संस्था दिपज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।

    इलाम, पाँचथर र ताप्लेजुङका रेड पाण्डा पाइने क्षेत्रका विद्यालयमा ‘ संरक्षण शिक्षा कार्यक्रम’ सञ्चालित छ । स्थानीय पाठ्य पुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

    जिल्लामा वर्तमान समयमा चोरी निकासी कार्य नभएको तथा जन चेतनामा वृद्धि भएकोले रेड पाण्डाको स्थिति राम्रो भएको रेड पाण्डा नेटवर्क परियोजनाका संयोजक वाङचु भुटियाको भनाई छ ।

    संरक्षण किन आवश्यक ?

    — दुर्लभ प्रजाति भएकोले

    — नेपालमा अनुमानित १ हजारको सङ्ख्यामा मात्र भएको

    — पर्यटन प्रवर्धन गरी ठाउँको पहिचान बढाउन

    — पारिस्थितिक प्रणालीको सन्तुलन

    — पाचन प्रणालीको संरचना मांसाहारी जस्तो भए पनि साहाकारी भएकोले अनुसन्धानको लागी

    संरक्षणका चुनौतीहरू

    — वन जङ्गल आगलागी,

    — चोरी शिकार,

    — पूर्वाधार निर्माणको काम

    — मालिङ्गो र निगालोको अत्यधिक प्रयोग,

    —जङ्गली जनावरलाई राखिने पासोमा पर्नु

    — संरक्षण सम्बन्धी जनचेतनाको कमी हुनु

    — जैविक विविधता संरक्षण प्रवर्धनको लागी दिगो कार्य योजना नहुनु

    — जैविक मार्ग विकास सम्बन्धी नीति नियमहरूको अभाव हुनु ।

    — जैविक विविधता संरक्षणमा पर्याप्त लगानी नहुनु

    कानुनत : कुनै पनि व्यक्तिले रेड पाण्डा नियन्त्रणमा राखेमा वा मारेको पाइएमा ५ देखी १० वर्ष वा ५ लाख देखी १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने रेड पाण्डा नेटवर्कका सोनाम टाँसी लामाको भनाइ छ । दुर्लभ प्राणी रेड पाण्डाको संरक्षण तथा संवर्धन गर्न सरकारी तथा गैर सरकारी संस्था तथा सम्बन्धित निकायहरूबाट जैविक विविधता संरक्षण प्रवर्धनको लागी दिगो कार्ययोजना बनाउन सके जिल्लाको पहिचान बनाउन तथा पर्यटन प्रवर्धनको लागी सहयोग पुग्ने छ ।

    श्रोत: रेडियो नेपाल

    बुधबार, मङि्सर १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.