• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै


  •   बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित
  • चितवन । तीजको सांस्कृतिक पर्वलाई उद्यमशिलता र आत्मनिर्भरताको सन्देशसँग जोड्दै चितवनमा ‘तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२’ हुने भएको छ। चितवन उद्योग संघ, महिला उद्यमी मञ्चले चितवन उद्योग संघको संरक्षकत्वमा साउन ३० देखि भाद्र १ गते भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा मेलाको आयोजना गर्न लागेको हो।
    बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाले मेला आयोजना हुने जानकारी दिएको हो। मेलामा बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न उत्पादन र सेवाहरूको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ।

    Advertisement

    उद्यमशील महिलाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदान–प्रदान गर्ने, उत्पादनको प्रवद्र्धन गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सिर्जना सोतीले जानकारी दिनुभयो ।

    अध्यक्ष सोतीका अनुसार मेलामा ३५ भन्दा बढी स्टलहरू रहनेछन्, जसमा हस्तकलाका सामग्री, तीज विशेष उत्पादनहरू, लत्ताकपडा, जुत्ता–चप्पल, बुटिकका उत्पादनहरू, गिफ्ट आइटम, गरगहना, सौन्दर्य सामग्री र सेवाहरू, खाद्य परिकार, मेहन्दी स्टल, बैंक तथा बीमा कम्पनी, कृषिजन्य उत्पादन र नवप्रवर्तन स्टलहरू समावेश हुनेछन्।
    उहांँले एक्स्पोले लघु, घरेलु तथा साना महिला उद्यमीहरूको ब्रान्ड र कम्पनीको छवि निर्माण गर्दै बजार विस्तारको अवसर प्रदान गर्ने बताउनु भयो । साथै स्वरोजगार र सीप विकासका सम्भावनाहरू पहिचान गर्दै दिगो उद्यमशिलताको बाटोमा महिला उद्यमीहरूलाई प्रेरित गर्ने उद्देश्य पनि मेलाले बोकेको उहांँको भनाई छ ।

    महिला उद्यमीहरूबीच नेटवर्क विस्तार गर्ने, लगानीका सम्भावनाहरू खोज्ने र अनुभव आदान–प्रदानमार्फत उनीहरूलाई थप सशक्त बनाउन मेलाले मदत गर्ने मेलाका कार्यबहाक अध्यक्ष मदन घिमिरेले बताउनु भयो । तीज बिशेषको अवसरमा उद्यमशीलता र मनोरञ्जनलाई जोड्न मेला आयोजना गरिएको कार्यबहाक अध्यक्ष घिमिरेको भनाई छ । संघका पूर्व अध्यक्ष त्रिलोन कंडेलले महिलालाई स्वरोजगार बनाउन र उद्यमशीलतामा आकर्षण गर्न मेलाको आयोजना गरिएको बताउनु भयो ।
    तीजका अवसरमा हुने “दर खाने” नाममा देखिने विकृतिहरूको न्यूनीकरण गर्दै पर्वलाई सकारात्मक र सिर्जनशील ढंगले मनाउने, साथै त्यसलाई आर्थिक क्रियाकलापसँग जोडेर महिलालाई आत्मनिर्भर बनाउने अभियानमा यो मेला सहयोगी हुने विश्वास आयोजकको छ ।

    मेलामा विभिन्न सांस्कृतिक तथा हास्यव्यंग प्रस्तुति हुनुका साथै तीज गीत प्रतियोगिता हुनेछ । प्रतियोगिताका उत्कृष्ट प्रतियोगिलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । तीन दिन सम्म चल्ने मेलामा १० हजार बढी अवलोकनकर्ता सहभागी हुने र ५० लाख रुपैयाको कारोबार हुने अनुमान गरिएको छ ।

    बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.