• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु


  •   बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा आज (बिहीबार)देखि ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ सुरु भएको छ ।
    चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा सुरु भएको प्रतियोगिताको प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले समुद्घाटन गर्नुभयो । प्रतियोगिताको पहिलो दिन आज १९ वटा खेल सम्पन्न भएका छन् । दुई वटा फुटसल कोर्टमा एकै पटक भएका खेलबाट ४ टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । भोलि विहान ८ बजे हुने पहिलो सेमीफाइनलमा प्रेसिडेन्सी कलेज र होली भिजन पब्लिक स्कुलबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार दोस्रो सेमीफाइनलमा नारायणी पब्लिक स्कुल र वाल्मीकि शिक्षा सदनबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्नेछ । सेमीफाइनल पुग्ने दुई टिमलाई ५÷५ हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागततर्फ प्लेयर अफ दि टुर्नामेन्ट, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरको पुरस्कार प्रदान गरिनेछ ।

    उद्घाटन समारोहमा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल (नरहरि), कार्यक्रम संयोजक रामहरि ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेको अध्यक्षतामा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गरेका थिए ।
    एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ ।

    सोही कार्यक्रममा यस प्रतियोगिताको विजेताहरुलाई पुरस्कार प्रदान गरिने छ । वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यसवर्ष पनि फुटसलसंगै मुख्य कार्यक्रम शैक्षिक पत्रकारिता पुरस्कार वितरण, एउटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, देवघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुलाई खाना खुवाउनेलगायतका विविध कार्यक्रम आयोजना गर्दैछ ।

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.