• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा


  •   आइतबार, साउन २६, २०८२ मा प्रकाशित
  • चितवन । दाउन्ने एग्रो फार्म लिमिटेडले रु. ८ करोड १५ लाख ९० हजार नौ रुपैंया नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु. १८.३७ आम्दानी गर्न सफल भएको हो ।
    कम्पनीको आज सम्पन्न आठौं वार्षिक साधारणसभामा अध्यक्ष बिनोद पोखरेलले पेश गर्नुभएको प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०८०÷८१ मा प्रतिशेयर रु ३.६४ आम्दानी गरेको कम्पनीले यस वर्ष प्रतिशेयर आम्दानी बढाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा कम्पनीले रु.२ करोड ६३ लाख ४७ हजार ८९७ नाफा गरेको थियो । त्यसवर्ष कम्पनीको चुक्ता पूँजी रु.२७ करोड रहेकोमा गत आर्थिक वर्षमा चुक्ता पूँजी बढेर रु ५० करोड पुगेको छ ।
    कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ मा रु. १ अर्ब ५२ करोड ४६ लाख ९० हजार ८७६ कूल बिक्री गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा रु. १ अर्ब २१ करोड ४२ लाख १९ हजार ७०१ कूल बिक्री गरेको थियो ।

    Advertisement

    कम्पनीको कूल सम्पत्ति उल्लेख्य मात्रामा बढेको छ । कम्पनीको कूल सम्पत्ति रु. १ अर्ब ६६ करोड ९२ लाख ५४ हजार १७९ पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु. १ अर्ब ४० करोड ८९ लाख ३८ हजार १२ कूल सम्पत्ति रहेको थियो ।
    साधारणसभाले कम्पनीको २०८१÷०८२ को आर्थिक तथा प्रगति प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत प्रारम्भिक सार्वजनिक आव्हान (आईपिओ) मा जानका लागि सबै कानुनी प्रक्रियाहरु पूरा गरेकोले सो सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
    सो अवसरमा अध्यक्ष पोखरेलले शेयरधनीहरुको अगाध विश्वासबाट कम्पनीले यो उचाई प्राप्त गरेको र यसलाई सार्वजनिक कम्पनीमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू स्वयं नेपाल लेयर्स कुखुरा पालक संघको अध्यक्ष भएका कारण अण्डाको मूल्यसँग कम्पनीको बिक्री आम्दानी मुख्य रहेकाले त्यसलाई कायम राखी कम्पनीको आम्दानी बढाउन लागि पर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा कम्पनीका सञ्चालक रघुनाथ भट्ट, हेमराज बडाल, विज्ञहरु चिकित्सकहरु डा. अनन्त दाहाल, डा.आशिष पोखरेल, वित्तिय सल्लाहकार ऋषिराम चालिसे, आध्यान्त फण्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेल, शेयरधनीका तर्फबाट माधवप्रसाद अर्यालले बोल्नु भएको थियो ।
    यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिए विजयप्रसाद पौडेलले वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कम्पनीका बारेमा कम्पनी सचिव सुरेन्द्रनाथ रेग्मीले प्रस्तुती दिनुभएको थियो ।

    यस कम्पनी र यसका सहायक कम्पनीले लेयर्स कुखुराको अण्डा, कुखुरा, क्रेट, मल उत्पादन गरेर बिक्री गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ लाख २९ हजार २५० पेटी (११ करोड ११ लाख ४२ हजार पाँच सय वटा) अण्डा उत्पादन गरी बिक्री गरेको छ ।
    नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ को सर्दीमा करिब ११ विगाहामा फैलिएको फार्ममा कुखुरा पालन गर्दै आएको यो कम्पनीमा अहिले चार लाख कुखुरा रहेका छन् । निकट भविष्यमै ६ लाख कुखुरा पु¥याउने लक्ष्य कम्पनीले लिएको छ ।
    बि सं २०७४ मा स्थापना भएको यस कम्पनीमा शुरुवातमा एक लाख कुखुरा पालन गरिएको थियो । क्रमशः बृद्धि गर्दै लगिएको हो । दाउन्नेको फार्ममा स्वचालित, अत्याधुनिक उपकरण जडान गरिएका छन् । ती उपकरणहरु जर्मन र मलेसियाबाट आयात गरिएको संस्थापक अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “अत्याधुनिक तवरबाट कुखुरा पालन गरिएकाले अण्डा उत्पादनको प्रतिशत उच्च रहेको छ ।”

    नेपालमा लामो समयसम्म कुखुरा पालन क्षेत्रमा अनुभव संगालेका कृषक र व्यवसायीहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । यहाँका लगानीकर्ताहरुको पोल्ट्रीसँग सम्बन्धित विभिन्न उद्योगहरुमा लगानी रहेको छ । जसका कारण लागत मूल्य घटाउन र गुणस्तरीय अण्डा उत्पादन गर्न सफल भएको अध्यक्ष पोखरेल बताउनुहुन्छ । कम्पनीले रु.१२ करोड ५० लाख बराबरको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने तयारी गरेको छ । शेयर निष्काशनका लागि सिटीजन्स् क्यापिटलसँग सम्झौता गरिसकेको छ ।

    साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष रघुनाथ भट्ट र पूर्व सञ्चालकहरु द्रोणप्रसाद लामिछाने र हिमालय पौडेललाई सम्मान गरिएको थियो ।

    आइतबार, साउन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.