• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

स्वर्गीय प्रशान्त पोख्रेलको स्मृतिमा भरतपुरको पर्सा बजारमा पुस्तकालय निर्माण


  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालयलाई पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको छ । विद्यालयको ६५ वार्षिकोत्सवको अवसरमा स्वर्गीय प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले उक्त भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । वार्षिकोत्सव एवं पुस्तकालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश शभा सदस्य ईश्वर सापकोटा “ सुमन“ र स्वर्गीय पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गीय पोखरेलको शालिक अनावरण गर्नुभएको थियो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रमुख अतिथि सापकोटाले पोखरेल परिवारले शिक्षाको ज्योती छर्नका लागि अत्यन्त पुनित कार्य गरेको भन्दै आभार प्रकट गर्नुभयो । विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी जनजाति ,कुमाल जातिका सन्ततीको शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    स्वर्गीय पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि पुस्तकालय आफ्ना नाति जस्तै अन्य विद्यार्थीले पढ्न पाउन भन्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो । उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेको भन्दै उहांँले आफ्नो सन्तान सोक धेरै हदसम्म सुखमा परिणत भएको बताउनु भयो ।
    भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यालयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले उत्कृष्ट रहेपनि शिक्षाको ज्योतिबाट पछि परेकोले पुस्तकालय स्थापनाले शिक्षामा केही टेवा दिनसक्ने बताउनुभयो । पुस्तकालयले विद्यार्थीका साथै अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले पुस्तकहरुको प्रबन्ध गर्दै थप पुस्तक संकलन गर्दै लैजाने बताउनु भयो ।

    विध्यालययका प्रधानाध्यापक उमेश आचार्यले पुस्तकालय स्थापनाले किताबी ज्ञानका साथै बाहिरी ज्ञान आर्जन गर्न विद्यार्थीलाई सहज हुने बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको मिति २०७९ बैशाख १३ गते सवारी दुर्घटनामा परी अल्पायुमा निधन भएको थियो ।

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.