सूर्यप्रसाद अधिकारी, चितवन । बाह्र बर्षमा खोलो फर्कन्छ भन्ने उखान छ । उखान अनुसार खोला फर्केका छन् ,छैनन् थाहा छैन । तर यही उखानलाई चरितार्थ पारेका छन् चितवनको एक गुणस्तरीय विद्यालयका प्राचार्यले । १२ बर्ष देखि निरन्तर शिक्षणमा लागेका उनले स्कुललाई गुणस्तरको उचाईमा लगेका छन् । नारायणगढ स्थित लिटिल फ्लावर स्कुलका फादर रोबी क्यूले १२ बर्ष अघि १२०० विद्यार्थी भएको उक्त स्कुलको विद्यार्थीसंख्या बढाएर २२सय मात्र बनाएनन् १० कक्षासम्मबाट १२ कक्षा सम्म पढाइ हुने बनाए । १२ बर्षको सेवा पश्चात उनी विदाई भई नवलपरासीको सहेरीमा स्थापना भएको उक्त स्कुलको शाखालाई पनि त्यसरी नै विकास गर्न तल्लीन छन् ।
७ बर्षको उमेरमा ७ घण्टा पैदल हिंँडेर स्कुल
सामान्य एवं न्यून आम्दानी भएको केरलाको एक परिवारमा हुर्किएका उनी घरबाट सरकारी एजेजोन मिसनरी स्कुलमा भर्ना भए । किसानको परिवार ५ जना दाजुभाई र २ जना दिदी बहिनी पढाउन र बढाउन उनको बुबालाई फलामको चिउरा चपाउनु जस्तै थियो । सानै उमेरमा विद्यालय जान सुरू गरेका उनी कक्षा १ देखि ४ सम्मको प्राथमिक शिक्षाका लागि उक्त सेन्ट जोसेफ स्कूल पोथम्पारामा पढ्न शुरु गरे ।
क्रिश्चियन फाउण्डेशनले सञ्चालन गरेको उक्त स्कुलमा निशुल्क पढाई हुन्थ्यो । त्यसपछिको स्कुल भने घरबाट निकै टाढा थियो । केरलाको दुर्गम गाउंँमा जन्मेका उनलाई स्कुल जान आउन उत्तिकै अप्ठ्यारो हुन्थ्यो । ‘म ७ बर्षको हुंँदा स्कुल जांँदा ७ घण्टा आउन जान लाग्थ्यो’ उनी सुनाउंँछन ।
स्कुल तह पछि सन् १९९७मा उनको उच्च शिक्षा पढ्ने गन्तव्य बन्यो भारतकै उत्तर प्रदेशको सिएसटी ( कंग्रिएसन अफ सेन्थेरेस) स्कुल बन्यो । उनको पढाई थप अब्बल बन्दै गयो । प्रवीणता प्रमाणपत्र पास गरेपछि भने उनी फादर बन्ने ईच्छा व्यक्त गरे । हुनत उनी फादर बनेर शिक्षाको ज्योति फैलाउने अभिलाषा बोकेर क्रिश्चियन सोसाईटी द्धारा सञ्चालित सिएसटी मा अध्ययन गरेका हुन् । पुनः सन् २००३ मद्रास युनिभर्सिटीमा स्नातक तह अध्ययन गरे उनले । ‘मैले संँगै साइकोलजी र फिलोसोपी विषयमा सोही युनिभर्सिटीमा भर्ना भएँ’ उनले थपे ।
पढाई अब्बल हुंँदै गएपछि मास्टर्स डिग्रीको लागि थप उच्च शिक्षा अध्ययन गर्न उनी भारतकै पुने विश्वविद्यालयमा भर्ना भए । उक्त समयमा सोसोयोली र तियोलोजी ( स्प्रीच्युवल अफ गड) मा गरे । व्याचलर साइकोलोजी र क्रिश्चियन विषय उनले छनौट गरे । ‘मैले फादर बन्न सिएसटीको मापदण्ड पुरा गर्नुपथ्र्यो त्यसपछि मात्र मलाई आधिकारिक रुपमा फादरको प्रमाणपत्र दिईन्छ,’ उनले फादर बन्ने पोयो फुकाए । त्यसपछि उनले बल्ल सिएसटीबाट सञ्चालित देश विदेशका स्कुलहरुमा अध्यापन गर्न पाउंँथे । त्यसपछि सिएसटीले उनलाई चितवनको लिटर फ्लावर स्कुल अध्यापनको लागि पठायो ।
शिक्षालाई सिञ्चित गर्ने धोको
उनी यही शिलशिलामा सन् २०१२ तिर नारायणगढको लिटिल फ्लावर स्कुलमा भाइस प्रिन्सिपिलको रुपमा काम गर्न थाले । ‘मेरो उद्धेश्य फादर बनेर देश विदेशमा रहेका बालबालिकालाई शिक्षाको ज्योति फैलाउनुनै थियो र अहिले पनि छ’ उनी आफ्नो उद्धेश्यमा अडिग छन् । त्यतिबेला बाह्रसय मात्र विद्यार्थी रहेको उक्त स्कुलमा उनले शिक्षाको गुणस्तरलाई बढाउंँदै लगे । पूर्वाधार मजवुद बनाए । बर्षेनी विद्यार्थीहरु थपिदै गए । ‘म आएपछि विद्यार्थी पनि थपियो र स्कुलका संरचना र कक्षा पनि थपिदै गयो’ उनी गर्व गर्छन । उनले विद्यार्थीको गुणस्तरीय शिक्षालाई मात्र निरन्तरता दिएनन आफ्नो पढाईलाई पनि निरन्तरता दिए । ‘मैले यहांँ आएपछि बालकुमारी कलेजबाट बिएड र एमएडमा मास्टर्स पनि सक्काए ।’शिक्षा प्रतिको लगाव झल्किन्छ उनमा ।
उनको उचाई, कार्यक्षमता र दक्षतालाई देखेर होला २ बर्ष पछि उनले स्कुलको फादर पद सम्हाल्न पुगे । त्यसपछि उनमा थप जिम्मेवारी र दायित्व बढ्दै गयो । ‘स्कुलले उनको बाह्रबर्षे सेवाकालमा लगातार एसएलसी र एसइइमा ७ पटकसम्म निजि विद्यालयमा लगातार लिटिल फ्लावर पहिलो स्कुल बन्न सफल बन्यो । बाह्रबर्षे उनको सेवाअवधिमा एसएलसी र एसइइमा दुईजना मात्र दोस्रो श्रेणीमा पास भएको र अन्य सबै डिस्टिंसन र प्रथम श्रेणीमा उत्तीर्ण भएको उनले सुनाए ।
‘नो म्यारि नो मनि’
बा्रम्हणमा ब्रम्हाचारी र क्रिश्चियन धर्ममा फादर बनेपछि विवाह गर्न पाईदैन र हुंँदैन । त्यसै अनुरुप उनले ४ दशक उमेर पुग्दा विवाह नगरेकाले फादरको उपाधि मिलेको हो । ‘मैले फादर बनेपछि विवाह गर्नपनि मिल्दैन , हुदैन पनि, गर्दिन पनि ।’ उनी कटिबद्ध हुन्छन । हुनत फादर बनेपछि तलब लिन पनि पाईंदैन । खाने बस्ने सुविधा बाहेक अन्य सुविधा हुंँदैन । ‘यसमै सन्तुष्ट छु ।’ उनी थप्छन । आफ्ना परिवारहरुसंँग भेटघाट गरेपनि संस्थाको हित र मर्यादा विपरीत काम गर्न नपाईने उनले बताए ।
बाह्र बर्षमा बाह्रसय थपिए बिद्यार्थी
जहांँ ईच्छा त्यहांँ उपाय भनौ या जहांँ आंँट त्यहांँ सफलता भनेझै उनी जुन उद्धेश्य लिएर चितवन छिरे । उनले लिटिल फ्लावर स्कुललाई उचाईमा पुर्याएरै छाडे । ‘यो स्कुलमा पढाउन अभिभावकहरु लालायित हुन्छन । भर्ना पाउन पनि मुश्किल नै पर्छ ।’ आफूलाई भाग्यशाली सम्झन्छन उनी । यहांँ स्थानीय घरानीया, डाक्टर , ईञ्जिनियर , उद्यमी व्यवसायी, राजनीतिकर्मी पत्रकारका छोराछोरी मात्र पढ्दैनन । ग्रामीण भेगका न्यून एवं जेहेन्दार विद्यार्थी पनि अध्ययनरत छन । ‘यहांँ हामीले केही कुरामा विभेद गर्दैनौ, यो सबैको लागि खुल्ला स्कुल हो, उनले भने, जेहेन्दार गरीब विद्यार्थीलाई निशुल्क समेत पढाएका छौं’ स्कुलले लिएको मान्यता सुनाए उनले ।
त्यतिमात्र होइन उनकै सेवाअवधिमा स्कुलले थप फड्को मारेको छ । दुईबर्ष अघि मात्र स्कुलले उच्च माध्यमिक तहको अध्यापन शुरु गरिसकेको छ । स्कुलले सन् २०२० मा क्याम्ब्रीज विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरेको छ । संभवत चितवनमा पहिलोपटक क्याम्ब्रीजबाट सम्बन्धन प्राप्त गर्ने पहिलो स्कुल हो । ‘अहिले साईन्स फ्याकल्टीमा शुरु गरेका छौं, विद्यार्थीको चाप आकर्षण उत्तिकै छ ।’उनले भने । उनलाई अन्य संकायको लागि पनि अध्यापन गराउन मन छ तर स्कुलको सिमित जग्गाको क्षेत्रफल र अपुग संरचनाको कारण थप्न सकिदैन । ‘के गर्नु अरु संकाय पनि थप्न मन छ, न हामीसंँग थप भवन छ न जग्गानै । आफूले पढाएका विद्यार्थी यहीं पढ्न पाउन भन्ने चाहना कसलाई हुदैन र !’ रोबी भन्छन् ।
नारायणगढबाट नवलपरासीमा
१२ बर्षदेखि लिटिल फ्लावर स्कुलमा प्राचार्यको रहेका रोवी यो शैक्षिक सत्रबाट नवलपरासीमा हालै स्थापना भएको लिटिल फ्लावर स्कुलमा सरुवा भएका छन् । यो स्कुलमा हालैमात्र प्लेग्रुपबाट पठनपाठन शुरु गरिएको छ । ‘म गाउंँ र गरीब फेमिलीबाट आएको मान्छे हुंँ ,म गाउंँमै र दुर्गम ठाउंँमा सेवा दिने मेरो धोको छ ’ उनले योजना सुनाए । सहेरीजस्तो विविधता भएको समुदायमा प्राचार्य भएर आउन पाउंँदा खुशी लागेको उनले बताए ।
कोरोनामा करोडौंको राहत वितरणको नेतृत्व
नेपालमा भुईचालो जांँदा स्कुलको लिटिल फ्लावर सोसाईटी मार्फत ठूलो सहयोग गरेको थियो । उक्त समयमा चितवनका प्रभावित ठाउंँमा दुईसय घर बनाएर बनाएर दिएको थियो भने । भत्किएको दुई सरकारी स्कुलमा पुननिर्माणको लागि सहयोग गरेका थिए । यसबीचमा चेपाङ्ग गाउंँमा हरेक बर्ष खाद्यसामाग्री वितरण गर्दै आएको थियो । कोभिड कालमा स्कुलले चितवन र मकवानपुर र नवलपरासीमा खाद्य, पोषण औषधि वितरण गरेको थियो । ‘हामीले कोभिडको दुईबर्षे अवधिमा करीब ३ करोडको राहत वितरण गर्यौं, यसको म उत्तिकै सक्रिय भएर वितरण गरेको थिएँ’ उनी भन्छन् ।
अन्र्तराष्ट्रिय अवार्डबाट सम्मान
सन् २०२२ मा उनी अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको थिए । अमेरिकाबाट दुईवटा र केरलाबाट गरी तीनवटा अवार्डमात्र नभै नेपालमा दर्जनौपटक स्कुल र उनी सम्मानित भएका छन । उनले व्यक्तिगत तर्फबाट पनि अमेरिका बाट तथा नेपालका विभिन्न नीजि तथा सामाजिक संस्थाबाट पनि अवार्ड पाएका छन् ।
नेपालबाटै नमुना फादर बन्ने धोको
बिहान सांँढे ४ बजेर नित्यकर्म गरेपछि , बिहानको नास्ता पछि बिहानै ८ बजेबाटनै उनी स्कुलको ‘चेम्बर’मा पुगिहाल्छन । ‘बेलुका ५ बजेपछि मात्र उनको स्कुलको काम सकिन्छ । ‘म चाहे बिहान होस या बेलुका होस स्कुलकै बारेमा चिन्ता र चासो हुन्छ, उनी भन्छन । उनले पढाएका विद्यार्थी डाक्टर इञ्जिनियर पाईलट र सरकारी कर्मचारी भईसकेका छन । ‘कति विद्यार्थी त मलाई सम्झेर भेट्न आउंँछन । यो देखेर मलाई आत्म सन्तुष्ट मिल्छ ।’ उनी प्रफुल्लित हुन्छन ।
उनमा आफ्नो व्यक्तिगत रुपमा कुनै महत्वाकांँक्षा छैन । तर नेपालमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शिक्षाको ज्योति फैलाउन धोको छ । ‘म शहरमा भन्दा विकट गाउंँमा स्कुल स्थापना गरेर त्यस्ता पिछडिएका बालबालिकालाई निशुल्क शिक्षा दिन चाहन्छु । मलाई नेपालको दुर्गम गाउंँमा लिटिल फ्लावर स्कुलका अन्य शाखाहरु खोल्ने धोको छ । जसले गर्दा म नेपालमै उदाहरणीय फादर बन्न सकूँ’ उनले भित्री इच्छा खोले ।