सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ मा सवारी साधन कारवाहीबाट १० महिनामा २ करोड ८६ लाख बढी आम्दानी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको श्रावण देखि बैशाखसँम्म २ करोड ८६ लाख ४७ हजार राजश्व संकलन भएको हो ।
सबैभन्दा बढी राजश्व संकलन चैत्रमा कम मंसिरमा
कार्यालयले दिएको तथ्यांक अनुसार १० महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन चैत्र महिनामा भएको छ भने सबैभन्दा कम मंसिर महिनामा भएको छ । जसअनुसार चैत्र महिनामा ३३ लाख ४९ हजार रुपैंया र मंसिर महिनामा २४ लाख ६१ हजार रुपैंया राजश्व संकलन भएको छ ।
यस्तै श्रावण महिनामा ३० लाख सातहजार पांँचसय, भदौ महिनामा ३२ लाख २९ हजार, असोज महिनामा २४ लाख ६४ हजार र कार्तिक महिनामा २८ लाख २८ हजार पांँचसय रुपैंया संंकलन भएको छ । यस्तै पुष महिनामा २५ लाख २८ हजार , माघ महिनामा २९ लाख ६८ हजार पांँचसय, फागुन महिनामा २९ लाख २१ हजार रुपैंया र बैशाख महिनामा २८ लाख ९० हजार पांँचसय रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले गाडीको सवारी आगमन जति बढ्छ उत्तिनै कारवाहीको संंख्या पनि बढ्ने हुनाले राजश्व तुलनात्मक रुपमा चैत्रमा बढी भएको बताए । ‘मंसिरमा संघीय निर्वाचन पनि भयो त्यसबेला ट्राफिक प्रहरी चुनावमा व्यस्त हुंँदा पनि राजश्व संकलन कम हुनसक्छ ।’ उनले भने ।
३३ हजार ६८३ सवारी साधन कारवाही
जिल्लामा १० महिनाको अवधिमा ३३ हजार सवारी साधन कारवाहीमा परेका छन । चालु आबको श्रावणदेखि बैशाख सम्म सबै प्रकारका साधन गरी उक्त संख्यामा कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी १० हजार ८५४ वटा मोटरसाइकल कारवाहीमा परेका छन भने, सबैभन्दा कम १ हजार ४२३ वटा ट्रयाक्टर कारवाहीमा परेका छन । यस्तै गरी सो अवधिमा ५हजार ६५१ ट्रक÷ट्रिपर, ३ हजार २१४ वटा बस÷माईक्रो, ६ हजार ४०८ जिप÷कार, र टेम्पो र अन्य गरी ६हजार १३३ कारवाहीमा परेका हुन् ।
प्रमुख तामाङ्गले सवारीको संख्या बढेसंँगै मोटरसाइकलको कारवाही संख्या पनि बढेको बताउनु भयो । ‘चितवनमा अन्य सवारीसाधन भन्दा बढी मोटरसाइकलको संख्या पनि बढी छ, उनले भने, लापरवाही र गल्तीपनि मोटरसाइकलबाट हुने गर्छ ।’ बिशेषगरी ट्याक्टर कृषिकर्ममा प्रयोग हुने र यसको संख्या कम र ग्रामीण क्षेत्रमा प्रयोग हुने भएकोले ट्याक्टरको कारवाही कम भएको उनले बताए ।