चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोकमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ ।
साकोसको १२ औं स्थापना दिवसको अवसर पारेर असार ५ देखि असार ११ सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन लागेको हो । साकोसले आफ्नै भवन परिषरमा आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष देवीलाल गौतमले सजिलो सहकारीले ११ बर्ष पुरा गरी १२ औं बर्ष पुगेको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । संस्थाले आफ्ना शेयर सदस्य र स्थानीयबासीका लागि यो कार्यक्रम गर्न लागिएको गौतमले बताउनु भयो । उहांंँका अनुसार असार ५ गते जगतपुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविरको आयोजना गरिने छ । पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी सहितको १८ जनाको टीमले स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिने उहांँले बताउनु भयो । शिविरमा सेवाग्राहीले आफ्नो निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउनुका साथै निशुल्क औषधि समेत वितरण गरिने छ ।
यसैगरी असार ६ गते संंस्थाका ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान, ७ गते अन्र्तस्कुल वत्तृत्वकला प्रतियोगिता , ८ गते महिला शशक्तिकरण र खेलकुद कार्यक्रम राखिएको छ ।
अन्र्तस्कुल वक्तृत्वकला प्रतियोगितामा विभिन्न वडाका ४२ वटा विद्यालयबाट विद्यार्थी सहभागी हुनेछन । महिला शशक्तिकरणको लागि महिलालाई शशक्त र जागरुक बनाउने उद्धेश्य सहित कानुनी परामर्शदाता द्धारा परामर्श दिईने संस्थाका सचिव कर्ण विश्वकर्माले जानकारी दिनुभयो ।
यस्तै असार ९ गते युवाका लागि वित्तिय साक्षरता , १० गते खुल्ला रक्तदान र ११ गते अन्य विविधि कार्यक्रम गरी समापन गरिने सचिव विश्वकर्माले बताउनु भयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मीन बहादुर परियार , संस्थाका लेखा संयोजक खिल बहादुर बस्नेत लगायतले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो । ११ बर्षअघि १६ लाख बचतबाट शुरु भएको यो संस्थाको हाल २० करोड कुल बचत छ । संस्थामा हाल १ हजार ९०७ जना शेयर सदस्य छन ।