• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

न्यून आय भएका समुदायलाई लक्षित गर्दै सौराहामा कफी बनाउने तालिम


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • चितवन । चितवनको सौराहामा जंगलमा आश्रित तथा न्यून आय भएका समुदायलाई कफी बनाउने तालिम दिईएको छ ।
    मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौली र सपना भिलेज सोसियल इम्प्याक्टले सयुक्त रुपमा आयोजना गरेको ४५ दिने तालिममा वारिस्ता, हस्पिटालिटी र कफी मेसिन मर्मत तालिम दिएको हो। ५० जना सहभागिता रहेको तालिममा सहभागी मध्ये प्रिती चौधरी, निसु तामाङ, राष्टी कर्मचार्य, विधान चौधरी, सुमितराज पौडेल, स्वेच्छा भूषालले सौराहाका होटल तथा रेष्टुरेन्टमा जागिर पाएको सपना कफी एण्ड बारिस्ता स्कुलका अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए । यस्तै सीप सिक्दासिन्दै राजेन्द्र सापकोटा र उमेश भट्टराईले सौराहामा व्यवसाय सुरु गरेका छन ।

    Advertisement

    उक्त सीप मुलक तालिम बुधबार सकिएको छ । तालिममा सहभागी मध्ये उत्कृष्टताको आधारमा सुदिप रिमाल प्रथम, गिरिराज पौडेल द्धितीय र स्वेच्छा भूषाल तृतीय, कफीको उत्कृष्ट डिजाइनरको रुपमा एलिसा थपलिया र उत्कृष्ट कार्यसम्पादनको रुपमा स्वेच्छा भूषाल पुरस्कृत भएका छन ।
    समापन कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका ।

    अध्यक्ष ढुंगानाले रोजगारी, आयआर्जन र संरक्षणलाई संगसंगै अगाडि बढाउने मध्यवर्तीको अवधारणा रहेको बताए । उनले यस्ता तालिमले वनजंगल संरक्षण हुनुका साथै उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार सिर्जना हुने उनको भनाई थियो ।
    संरक्षणलाई प्रभावकारी बनाउन आयआर्जनलाई उत्तीकै महत्व दिनुपर्नेमा उनले जोड दिए । प्रमुख संरक्षण अधिकृत पुर्जापुनले वन तथा वन्यजन्तुको संरक्षणलाई थप मजबुत बनाउन मध्यवर्तीका युवाहरुको लगाव आवश्यक रहेको बताए । तालिमबाट प्राप्त उपलब्धीलाई रोजगारी प्राप्त भई गरिबी त्यस्ता समुदायको गरिबी न्यूनीकरणमा मदत पुग्ने बताए ।
    सपना भिलेजका अध्यक्ष गिरीले स्थानीय सरकार र अन्यसंघसंस्थाहरुसंग सहकार्य गरी सपना भिलेजले रोजगारी र्सिजना गर्ने विभिन्न सीपमुलक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । आगामी दिनमा पनि स्वरोजगार सिर्जना गर्ने कार्यक्रममा संस्थाले सबैसंँग हातेमालो गर्दै जाने गिरीको भनाई थियो ।

    मृगकुञ्जका अध्यक्ष घिमिरेले कृषि,संस्कृति र पर्यटनको माध्यमबाट रोजगारी र आयआर्जन र्सिजना गर्ने गरी कार्यक्रम अगाडि बढाइएको बताए । जीविकोपार्जनको बैकल्पिक आधार तयार नगरी संरक्षणलाई प्रभावकारी बनाउन नसकिने भन्दै उनले रोगजारीको लागि सीपमुलक तालिम आयोजना गर्दै आएको बताए । मृगकुञ्जले सञ्चालन गरेका २७ वटा संरक्षणमुलक कार्यक्रम मध्ये युवा केन्द्रीत सीप मुलक तालिम, मुसहर महिलालाई तरकारी खेती तथा नेचर गाइड तालिम प्रभावकारी भएको घिमिरेले बताए ।

    कार्यक्रममा रत्ननगरनगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका सचिव महेश खनाल लगायतले मन्तव्य राखेका थिए ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.