• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जीवित पशुपन्छी ढुवानी बिरुद्धको दिवश २०८१


  •   शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
  • रामचन्द्र आचार्य । जीवित पशुपन्छी ढुवानी बिरुद्धको दिवश जुन १४, २०१६ देखी मनाउन थालिएको हो । अहिले हामी नवौं दिवश मनाइरहेका छौं । यसै सन्दर्भमा मानिस र पशु पन्छी बीचको सम्बन्धका बारेमा चर्चा गरिएको छ ।
    पृथ्बीको एउटा छेउमा गरेको कृयाकलापले पृथ्बीको अर्को छेउमा प्रभाव पारिरहेको हुन्छ । यसमा मानिस, पशु–पन्छी र वातावरण बीच पनि अन्तर सम्बन्ध राख्दछ । यो त्रिकोणात्मक सम्बन्धमा तल माथि पर्न गयो भने भयावह रोगका महामारीहरू देखा पर्न थाल्छन् । हाल माहामारी रोगको संक्रमण विश्वभरिनै एउटा समस्याको रुपमा देखिरहेको छ । विश्वमा देखिने यस्ता नयाँ रोगहरु मध्ये ७०% पशु–पन्छीबाट मानिसमा सर्ने प्रकारका रहेका छन्। पशु–पन्छीहरु स्वस्थ्य रहेनन् भने हामी मानिस पनि स्वस्थ्य रहन सक्दैनौ । जसरी हामी हाम्रो स्वास्थ्य प्रति सचेत रहन्छौ, तेसै गरि पशुहरुको स्वास्थ्य प्रति पनि सचेत र सजग रहन जरुरी छ ।

    Advertisement

    जनावर र मानव सभ्यता बीचको सम्बन्ध गहिरो र बहुआयामिक छ, हाम्रो इतिहास र विकास क्रमममा गहिरो सम्बन्ध रहेको छ ।
    मानव सभ्यताको प्रारम्भमाः
    मानिसहरूले २० लाख वर्ष अघि जनावरहरूसँग सामिप्यता गाँसेको पाइन्छ, सुरुमा शिकार गर्नु भन्दा पहिले मरेको जनावरको मासु बोट विरूवामा मलको रूपमा र हड्डीको प्रयोग औजारको रूपमा प्रयोग गर्दथे ।विस्तारै जङली जनावर मारेर खान थाले, कुकुरलाइ साथमा लिएर मृग मार्ने जस्ता कार्य गर्न थाले ।
    जव घरपालुवा जनावरहरूको पालनपोषण सुरु भयो तब मानिसहरूले शिकारी युगबाट कृषि युगमा परिवर्तन भए । यो प्रक्रिया लगभग १२०००देखि ९०००ईसा पूर्वमा भएको थियो । दक्षिणपश्चिम एशियामा भेडाको पालनपोषणको साथै, बाख्रा, सुँगुर र गाईवस्तुहरू पालन गरेको पाइन्छ । यी जनावरहरूको कारण खाद्य स्रोतहरू र दूध उत्पादनमा वृद्धि भयो । मानव संस्कृतिमा, जनावरहरूलाई घरपालुवा जनावर, देवताको वहान र साथीहरूको रूपमा माया गरिएको पाइन्छ । तिनीहरू पनि मानिसका जीवनका विभिन्न पक्षहरूमा अभिन्न अंग भएका छन्, काम, यातायात, कीट नियन्त्रण, र काममा सहयोगीको भूमिका निभाउने र रक्षकको कार्य गरे । पशुको क्रस–प्रजाति उत्पादनले मानव विकासलाई थप सहज पारेको विश्वास गरिन्छ । जनावरहरूले मानव सभ्यतालाई अनगिन्ती तरिकाबाट सहयोगीको रूपमा कार्य गरेका छन्, मानव अस्तित्व देखि मायाँ, कल्याण र करूणा एवंम सांस्कृतिक महत्वमा पशुपन्छी जोडिएको छ । सामाजिक संरचना, प्रगति, र दर्शनहरूमा पशु र मानव बीच अत्यन्त घनिभूत सम्बन्ध रहेको देखिन्छ ।

    मानिसको जस्तै बाहिरी र भित्री अंग भएका पशु पन्छीहरुले पनि स्वास फेर्ने गर्दछन्, उनिहरुलाई पनि भोक लाग्छ, उनिहरुले माया दया रिस बुझ्छन् र त्यस्तो व्यवहार देखाउँछन्, पशु पन्छीमा पनि इश्र्या हुन्छ, पशु पन्छी जिबित र गतीशील प्राणीहुन् । मानिस र पशुपन्छी बीचको सम्बन्ध मानिसको सभ्यता शुरुु भएदेखि नै कुनै न कुनै रुपमा गाँसिदै आइरहेको छ । कहिले जंगलमा त कहिले गोठमा, कहिले खानाका रुपमा त कहिले सुरक्षाका लागि अनि अन्य लाखौं प्रयोजनमा मानिसले जनावरहरुको प्रयोग गर्दै आइरहेको छ । तर हजारौं बर्षको सामिप्यता रहेको सुख दुखमा साथ दिने पशुपन्छिलाई मानिसलेमाया र सम्मान दिन भने सकिरहेको छैन ।
    मानिसले जाडो र गर्मीबाट बच्न, घाउ र चोटपटक बाट बच्न समेत पशुको छाला र हाडको प्रयोग अझै सम्म पनिगर्दै आइरहेको छ । आफ्नो सुविधाका लागि स्वतन्त्रता र सार्वभौमताका लागि ठूला ठूला आन्दोलन गर्ने मानिस निरिह पशु पन्छीलाई सानो कोठामा बन्द गरेर जीवनभरि कैदी बनाएर जनावरहरुलाई कृषि औजार र मनोरञ्जनकोसाधन बनाउनु कति सम्म न्याय पूर्ण छ ?
    आफ्नो दुुख पीडा व्यक्त गर्न नसक्ने जनावर प्रति मानविय दायित्व र समबन्ध उजागर हुनु आवश्यक छ । मानिस, जनावर र वातावरण एक अर्का बीच अन्तर सम्बन्धित छ । यस संसार एउटा मात्र पनि जिवको नास भयो भने त्यसले मानिस र वातावरणमा क्षति पु¥याइरहेको हुन्छ । तसर्थ पृथ्बीको आयू बढाउन पनि मानिसको जस्तै जनावरको कल्याण र अधिकार सुनिश्चित हुन आवश्यक छ ।

    हाम्रो यस्तो परम्परा छ जहाँ सनातन देखि कुनै न कुनै रुपमा जनावरहरुलाई माया गर्ने र भगवानको रुपमा समेत पूज्ने गरेको पाइन्छ । सरस्वतीको वहान हाँस, लक्ष्मीको बहान लाटो कोसेरो, दुर्गाको बहान बाघ, गंगाको बहान गोही, महादेवको बहान साँढे, कुमारको बहान मयुर, इन्द्रको बहान हात्ती, बिष्णुको बहान गरुड, सूर्यको बहान घोडा, शनिको बहान चील÷गिद्ध, वायुको बहान मृग, यमराज को बहान भैंसी, अग्नीको बहान बाख्रा, कामदेवको बहा सुगा, मनसा सर्प, भैरवको बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् ।
    संसारभरका सबै धर्महरूले पशुपन्छीहरूलाई मायँ र सम्मान गर्छन्, प्रायः तिनीहरूलाई सृष्टिको अभिन्न अंग मान्छन् र तिनीहरूको कल्याणको लागि वकालत गर्छन्। जस्तैः
    बौद्ध धर्मः सबै जीवित प्राणीहरूको लागि दयाको उच्च मूल्याङ्कन गर्दछ र यसको अनुयायीहरू बीच शाकाहारी आहारलाई प्रोत्साहन दिन्छ। बुद्ध धर्ममा पहिलो उपदेश, जसले अहिंसा को कुरा गर्दछ । जनावरहरुकोलाई मार्ने वा हानि पु¥याउने विरुद्ध सन्देश दिन्छ ।
    जैन धर्मः अहिंसालाई चरम तहमा लैजान्छ, सबै जीवित प्राणीहरूमा आत्मा हुन्छ र दया र सम्मानको साथ व्यवहार गर्नुपर्छ भनेर सिकाउँछ। जैनहरू प्रायः कुनै पनि जीवित प्राणीलाई हानी नहोस् भन्ने मान्यता राख्दछन्।
    इस्लामः पशु र पन्छीहरू सहित सबै जीवित प्राणीहरूलाई आदर र सम्मानको योग्यको रूपमा हेर्नसिकाउँछ यसका लागि मानिसको जिम्मेवारी ठान्दछ ।

    ईसाई धर्मः व्याख्याहरू भिन्न भए तापनि, ईसाई शिक्षाहरूले सुझाव दिन्छ कि मानिसहरूलाई जनावरहरूकोरेखदेख, हेरचाह र सम्मानको कर्तव्य मानेको छ।
    सबै धर्महरूलेपशु–पक्षीहरूलाई हेरचाह र करुणाकासाथ व्यवहार गर्न जोड दिन्छन्, सबै जिवित प्राणीहरुलाई गहिरो श्रद्धा गर्दछन् ।
    जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल मित्र र सम्मान जनक प्राणीका रुपमा लिँदै बुझ्न जरुरी छ । सन् १९२५ अर्थात्त लगभग ९९ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएकाथिए । आज हामी चेतनशील प्राणी मानिसले पर्यावरण र जनावर मैत्री समाजका लागि आजै देखि केहि गर्न र राज्यलाई पशु कल्याणका ५ सिद्धान्त लागु गर्न योजना सहित अघि बढाउन वकालत र पैरवीगर्न आवश्यक छ । यी कार्यका लागि विगत १४ वर्ष देखि आवज विहीनहरुको आवाज बनेर एनिमल नेपाल संस्थाले काम गर्दे आइरहेको छ ।
    नेपाल सरकारले पशु सेवा ऐन २०५५ तथा सोको निमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ जारि गरि सकेको छ उक्त ऐन नीति नियमले हरेक गाडिमा प्राथमीक उपचार वाकस हुनुपर्छ, शारीरिक वनोट फरक भएका पशुको ढुवानी एउटै गाडिमा गर्नु हुदैन । राँगा भैसीसंग पाडा पाडा मिसाउन हुदैन । सबै राँगा÷भैसी , बोका÷खसीको अगाडि ड्रइभर पट्टी टाउको मुख फर्केको हुनुपर्छ । नाकमा र पुच्छरमा बाँध्न हुदैन, राँगा भैसी, बोका÷खसीले टेक्ने भुईमा ६ इन्च बाक्लो भुस÷ पराल वा सोत्तर हालेको हुनु पर्छ । गाडिको साइडमा नरम फोम टाँसेको हुनु पर्छ, ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनु पर्छ । दैनिक ८ घण्टा भन्दा वढी गाडीमा ढुवानी गराउन हुदैन ।गाडीमा घाँस, पराल र दाना राखेको हुनु पर्छ । गाडिमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनु पर्छ ।गाडी ४० को रफतारमा वा सो भन्दा विस्तारै हाँक्ने र झ्याप्प ब्रेक नलगाउने नउफ्राने गरि आरामसंग ढुवानी गर्नु पर्छ । तर यी माथिका मापदण्डहरु कुनै पनि सवारी साधनले पूरा गरेका पाइएको छैन । यसरी क्रुर र निर्दयी तरिकाले पशु ढुवानी गर्नु भन्दा जिवित पशु ढुवानी बन्द नै गर्नु उत्तम हुन्छ ।
    यसका लागि चितवन जिल्लामा पनि पालिकाहरुले पशु कल्याण बिरुद्ध भएका कार्य रोक्न र कानुनमा व्यवस्था भएका प्रावधान लागु गर्न नीति तथा बजेटमार्फत सम्बोधन गर्न जरुरी छ भने पत्रकारहरुले पनि २५ वर्ष अधि देखि बनेका ऐन, नीति नियम लागु गराउन आवाज बुलन्द पार्न आवश्यक छ । कुनै पनि वहानामा पशु पन्छीले अनाहकमा दुःख पाइरहन हुदैन । तपाई, हामी र पशुपन्छी सबैको जय होस् ।

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.