चितवन । १० बुदे नेपाल बिपद ब्यबस्थापन घोषणापत्र जारी गर्दै भरतपुरमा जारी बिपदबाट हुने जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ बिहिवार बाट भरतपुरमा शुरु भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको हो ।
भरतपुर महानगरपालिकाले आयोजना गरेको उक्त तालिममा प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्ने सम्बन्धमा छलफल गरिएकोथियो ।
तालिमका सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिएको हो ।
कार्यक्रममा पुर्बचेतावनी प्रणाली,स्थानीय बिपद तथा जलवायु उत्थानशील योजना,समावेशी बिपद जोखिम न्यूनीकरणलाई बिकास प्रक्रियामा मुल प्रवाहीकरण,बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनका लागि अन्तरस्थानीय तह सहकार्य,बिपद पुर्ब तयारी र प्रतिकार्य योजना, बिपद जोखिम ब्यबस्थापनमा मानवीय सिद्धान्तहरु,मुलभुत मानवीय मापदण्ड र लैगिक समानता र सामाजिक समावेशीकरण,खुल्ला क्षेत्रहरुको पहिचान र सरक्षण तथा शिविर समन्वय तथा शिविर
ब्यबस्थापन,जोखिमको बित्तिय ब्यबस्था र जोखिम हस्तान्तरण सयन्त्र र स्थानीय तहमा बिपद जोखिम ब्यबस्थापन कार्ययोजनाहरुको मार्गचित्रको बारेमा कार्यपत्रहरु प्रस्तुत गरिएको भरतपुर महानगरपालिका बिपद ब्यबस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।
तालिममा भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको थियोे ।
भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेको समापन सत्र महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुको तर्फबाट दुर्गा सोडारी र बिष्णु प्रसाद भुजेलले बोलेका थिए ।