• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

सामुहिक खेती गरेर मनग्य आम्दानी गर्दै युवा


  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
  • मनोज गिरी, चितवन । चितवनका केही युवाहरुले सामूहिक खेतीबाट राम्रो आर्जन गरेर सफल भएका छन । बाबुहरुले गर्दै आएको कृषिकर्मलाई बचाउन छोराहरुको पुस्ताले सामूहिक खेतीको योजना बनाएर छुट्टाछुट्टै खेती गर्दै आएको जमिनलाई समूहमा ल्याएका हुन् ।
    युवा आधुनिक सामूहिक खेती फार्म स्थापना गरी १८ परिवारले सुरू गरेको सामूहिक खेतीमा थप कृषकहरु आकर्षित भएका छन् । सामूहिक खेती सुरू गरेको पनि ४ वर्ष भयो । उनीहरुले समूहमा गर्दा सुरूको वर्ष ५० बिगाहा, दोस्रो वर्ष ९० र तेस्रो वर्ष बढाएर सय बिगाहा बनाएका थिए ।

    Advertisement

    सामूहिक खेतीमा अहिले दश जना थपिएर २८ जना पुगेको र सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती सुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष लेखनाथ भूषालले बताए ।
    हाल भरतपुरका वडा नम्बर २०, २३, २४ र २५ गरी चारवटा वडामा कृषिकर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले सबै किसिमका तरकारी थोरै थोरै उत्पादन गर्थे भने अब प्लट अनुसारको उत्पादन गर्न थालेका छन् । २८ वटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ’, भूषालले भने, ‘यसले गर्दा किसानलाई धेरै थरी तरकारी उत्पादनको झन्झट पनि भएन ।’
    सामूहिक खेतीले बालीमात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो हुन गएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन, भूषालले भने ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’

    उनीहरुले तरकारीखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् । ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान पाएका थिए भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रूपैयाँ अनुदान पाएको उनले बताए ।
    महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री जस्तैः हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिंचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् । त्यति मात्रै हैन, सरकारीतर्फबाट तालिमहरु पाइरहेको पनि उनी बताउँछन् । ‘यसरी तरकारीखेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ’, उनले भने ।

    बिहानदेखि बेलुकासम्म तरकारी हेरचाहमा व्यस्त रहने उनीहरुले थप ५० जनालाई रोजगारसमेत दिएका छन् । सबैले आआफ्नो विभाग छुट्टयाएर काम गर्छन् ।
    उनको बारीमा अहिले धानखेतीदेखि घिरौँला, बोडी, करेला, फर्सी हुर्किरहेका छन् । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भूषालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’

    मानिसहरुले कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्नबाली र तरकारीखेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए ।
    समूहका सचिव सुमन सुवेदीले अब बीउदेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पु¥याउने समयसम्म बिचौलियाको जगजगी थियो’, सुवेदीले भने, एक्लै–एक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’
    उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती अघि बढाए , बजार बनाए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

    बुधबार, साउन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.