• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • नवलपुर । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नवलपुरको कावासोतीमाक्षमता अभिवृद्धि तालिम आइतबार बाट सुरू भएको छ।युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा नवलपुरको हुप्सेकोट, बौदिकालिका र बुलिङटार गाउँपालिका २२ जना कफी किसानको सहभागिता छ।
    कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक,दिगोतथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।साथै तालिमले संभावित किसानहरूलाई कफी संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य पनि राखेको छ । स्थानीय तह मार्फत उद्यमी तथा किसानलाईकफी मूल्य श्रींखलामा उनीहरूको उच्चतम सहभागीता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।

    Advertisement

    हुप्सेकोट गाउँपालिकाबाट तालिमकी सहभागी तुलीसरा रानामगरले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।हाल १५० कफीका विरूवा सहित कफी खेती गरिरहेकी उनले तालिमा सिकेका कुराबाट आफूलाई कफीको व्यवसायिक संभावनाबारे जानकारी भएको र भविश्यमा कफी खेती विस्तारमा प्रोत्साहन मिलेको सुनाइन् ।

    अर्की सहभागी सोही गाउँपालिका कै लालसरा खत्रीले आफूले ५० वटा विरूवाबाट कफी खेती सुरू गरेको बताउँदै तालिमबाट सिकेको प्राविधिक ज्ञानलाई आफ्नो मात्र नभै अन्य किसानको लागि पनि सहयोग पुग्ने आशा व्यक्त गरिन् ।
    हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिङ रानामगरले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । रानामगरले ठूलामात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको उत्पादनले उचित बजार पाउनु पर्नेमा जोड दिए ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका ले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताउँदै सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवर्द्धन गर्ने योजनाहरू अगाडि बढाएको बताए।कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी,,इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमका विज्ञ डा. बद्री बस्ताकोटीले नेपालमा कफीको वृहद सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउँदै विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादन देखि उपभोगसम्मका मूल्य श्रींखलालाई मजवुद बनाउनु पर्नेमा जोड दिए ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत तथा प्रशिक्षक चन्द्र पुरीले कफी किसानका उच्चित चिन्तालाई सम्बोधन गरी उनीहरूको व्यवसाय विस्तारमा सरकारले आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ ।

    नेपालमा आर्थिक वर्ष २०७९/८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रू १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रू ३२ करोड ५८ लाख ६६ हजार मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.