• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

  • ३. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ४. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ५. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ६. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ७. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ८. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ९. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

‘महिला सशक्तिकरण परियोजनाः सीमान्तकृत कृषकको आम्दानी वृद्धि गर्ने क्रान्ति’


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • भीमप्रसाद आचार्य
    कृषि अधिकृत, छा–याँ नेपाल

    Advertisement

    नेपालमा कृषि क्षेत्रले सामाजिक स्थितिमा परिवर्तन ल्याउन ठूलो सम्भावना बोकेको छ । विशेषगरी महिलाहरूका लागि, जब उनीहरूले दिगो कृषि प्रणालीका अभ्यासहरू अपनाउँछन् । दिनप्रति दिन कृषि उत्पादनमा रोग किरा नियन्त्रण गर्ने बहानामा विषादीको प्रयोग बढ्दो छ, जुन मानवको स्वास्थ्य एवं वातावरणका अन्य जीवजन्तुको निम्ति घातक छ । त्यसैले जैविक तरकारी उत्पादन प्रविधि महिलाहरूका लागि ठूलो अवसर हो, जुन न्यून लगानीमा सीमित ठाउँ र सजिलै व्यवस्थापन गर्दै धेरै आम्दानी लिन सकिन्छ । यसबाट ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूले राम्रो आम्दानी गर्न सक्छन् जसले उनीहरूको परिवारको आर्थिक व्यवस्थापन गर्न मद्दत गर्दछ । साथै यस कृषि प्रविधिले मानवको स्वस्थ्य र वातावरणमा कुनै असर पुर्याउदैन, जुन नेपाल जस्तो कृषि प्रधान देशका कृषकहरुले बुझ्न अत्यन्त आवश्यक छ ।
    नेपालमा रहेका परिवारमा महिलाको आम्दानीलाई पारिवारिक समृद्धिको संकेतका रुपमा मानिन्छ ।

    जैविक कृषि अभ्यासहरू अपनाएर ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिन्छ । त्यसैले जैविक कृषि प्रविधि सम्बन्धि महिलाहरूलाई ज्ञान सिप प्रदान गर्न सकियो भने यसबाट तरकारी उत्पादन गर्न, आपूर्ति व्यवस्थापन गर्न, उद्यमशीलता बढाउन, रोजगारी सिर्जना गर्न, आर्थिक तथा सामाजिक स्तरमा सुधार गर्न सहयोग पु¥याउँन सकिन्छ । साथै, यसले महिला कृषकहरूको निर्णय गर्ने र उत्पादनको मूल्य निर्धारण गर्ने क्षमतामा वृद्धि ल्याउँछ । वर्तमान अवस्थामा देशमा हालको समयमा उच्च मात्रामा रसायन प्रयोग गरी तरकारी उत्पादन गरिने प्रवृत्तिका कारण जैविक तरकारीको बजारमा उच्च माग रहेको छ ।
    महिला सशक्तिकरण परियोजना (WEP_)
    महिला सशक्तिकरण परियोजना (WEP_) छा–याँ नेपालद्वारा सञ्चालन गरिएको परियोजना हो, जुन छा–याँ अष्ट्रियाको सहयोगमा सञ्चालन गरिएको छ । यस परियोजनाले ग्रामीण क्षेत्रका महिलाहरूलाई जैविक कृषि अभ्यासमा संलग्न गराई उनीहरूको आम्दानी वृद्धि गर्न र महिलाको स्वास्थ्य तथा पोषण सम्बन्धि जानकारी फैलाउन मद्दत गर्दै आएको छ । यस परियोजनाले महिलाहरूलाई कृषि व्यवसायमा संलग्न गराई जैविक तरिकाले तरकारी बाली उत्पादनमार्फत उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको छ । यो परियोजना नेपालका दाङ जिल्लाको मुलकोट र मुगु जिल्लाको छाइलमा कार्यान्वयन गरिएको छ, जसले ती क्षेत्रमा कृषि अनुसन्धान तथा प्रदर्शनी केन्द्र स्थापना गरी कृषक महिलाहरूलाई जैविक कृषि अभ्यासमा संलग्न गराउदै आएको छ ।

    जैविक कृषि अभ्यास
    जैविक कृषि वातावरणमैत्री प्रणाली हो, जसले कृषकहरूलाई विषादीरहित जैविक कृषि उत्पादन गर्न प्रोत्साहित गर्छ । यस प्रणालीमा किसानहरूले गोबर मल, भर्मिकम्पोस्ट र कम्पोस्ट मल प्रयोग गरी माटोलाई पोषक तत्व प्रदान गदर्छन् भने जैविक, भौतिक तथा उपायहरू अपनाएर रोग कीट नियन्त्रण गदर्छन् ।यस परियोजनाले पिछडिएका समुदायहरूको पहिचान गरी दुईवटा महिला कृषि सहकारीहरू स्थापना गराएको छ —मुलकोट कृषि सहकारी संस्था लिमिटेड (दाङ) र कार्मारोङ महिला कृषि सहकारी संस्था लिमिटेड (मुगु)। यी सहकारीहरू र स्थानीय सरकारसँगको सहकार्य तथा सक्रिय सहभागिताले परियोजनालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुर्याएको छ ।

    प्रविधिक सहयोग र सशक्तिकरणको प्रवद्र्धन
    छा–याँ नेपालले मुगुको छाइल र दाङको मुलकोटमा रहेका यी सहकारीहरूलाई जैविक कृषि उत्पादनमा सफल बनाउने उद्देश्यले आर्थिक तथा प्रविधिक सहयोग प्रदान गरिरहेको छ । सहकारीमा ‘कोसेली घर’ स्थापना तथा संचालनमार्फत किसानहरूले उत्पादित सामाग्रीहरु बिक्री बितरण गरिरहेका छन् । साथै तरकारी व्यापारीहरूसँग सम्बन्ध बिस्तार गरेर किसानका उत्पादनहरू बजारसम्म पु¥याउने कार्य गरिरहेका छन् । यी क्षेत्रमा यातायात सुविधा न्यून भएका कारण कृषिजन्य उत्पादनहरू बजारमा पु¥याउन समस्या भइरहेको थियो । तर, सहकारीहरूको अग्रसरताले हाल किसानका उत्पादित सामाग्रीहरुलाई बजारसम्म पु¥याउने काम गरिरहेका छन् । जैविक कृषि उत्पादनको मूल्य तथा माग बढी रहेको हुँदा किसानहरू जैविक उत्पादनतर्फ आकर्षित भइरहेका छन् ।

    छा–याँ नेपालको सहयोगमा यी सहकारीका सदस्यहरूले जैविक कृषि प्रवद्र्धन गर्दै ठूलो परिमाणमा तरकारी उत्पादन गरिरहेका छन् । मुलकोट सहकारीकी अध्यक्ष झरना पुनका अनुसार कृषि तालिम र कृषि सामाग्री सहयोगले प्राप्त गरेर कृषक उत्पादन बढाउन सफल भएका छन्, जसले उनीहरुको आम्दानी वृद्धि मात्र होइन, सामाजिक स्तरमा पनि परिवर्तन ल्याएको छ।
    ग्रामिण बस्ती जहाँ गरिबी र पोषणको अभाव थियो, त्यहाँ छा–याँ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र तालिमले आजभोलि कृषक हिउदे सुखा मौसममा पनि हरियो सागपात र बेमौसमी तरकारी उत्पादन गर्दै आम्दानी गर्न र पोषणयुक्त तरकारी जैविक कृषि प्रणालीले फलाउन सफल भएका छन् । कार्मारोङ्ग महिला कृषि सहकारीकी सदस्य उज्जेली बिस्वेकर्माका अनुसार हालकृषकका नानीबाबुहरुले पोषणयुक्त हरियो सागपात र ताजा तरकारी खान पाएका छन, साथै उत्पादन गरिएको वस्तुको बिक्री वितरण गर्दै नानीबाबुहरुको पढाई खर्च र घर खर्च चलाउँदै आएका छन् ।
    छा–याँ नेपालले सहकारीहरूलाई कृषि प्रविधिक तालिम, कृषि सामाग्रीको सहयोग, सामाग्री बिक्री क्षमता विकास, सहकारी व्यवस्थापन , महिला स्वास्थ्य तथा पोषण, जैविक मल उत्पादन, बीउ बैंक स्थापनाका लागि तालिमहरु, कोसेली घर स्थापनाकालागि सहायता, कृषि प्रदर्शन केन्द्र स्थापना, सहकारी भवन निर्माण सहयोग जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
    मुख्य उपलब्धिहरू
    यस प्रकारका सहयोगले महिलाहरूले सशक्तिकरणमा साथै आर्थिक तथा सामाजिक स्तरमा सुधार ल्याइरहेका छन् । यो परियोजनाले जैविक कृषि प्रवद्र्धन गर्दै महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन आधार तयार गरेको छ । दुर्गम क्षेत्रका महिला तथा सीमान्तकृत समुदायले आवश्यक तालिम तथा स्रोत साधन प्राप्त गरी आफ्नो जिविकोपार्जन सुधार गर्न सफल भएका छन् । हाल यी सहकारीहरूले बीऊ बैंक, कोसेली घर, कृषि अनुसन्धान तथा प्रदर्शन केन्द्र सञ्चालन गरी कृषकहरूलाई कृषि उपकरण तथा प्रविधि हस्तान्तरण गरिरहेका छन् । यी दुई सहकारीहरूसँग २५० भन्दा बढी शेयर सदस्यहरू छन् । जो प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसले छा–याँ नेपालबाट सहयोग प्राप्त गरी कृषि व्यवसाय विस्तार गर्दै आर्थिक क्षेत्र प्रवद्र्धन गरिरहेका छन् । छा–याँ नेपालको यस परियोजनाले कृषि अभ्यासबाट महिलाको आर्थिक र सामाजिक सशक्तिकरणका लागि बलियो आधार निर्माण गरेको छ ।
    चुनौती

    जैविक कृषि प्रविधि आफैमा एक सरल प्रविधि हो । तर बढ्दो कृषि आधुनिकरणको नाममा आत्याधुनिक रुपमा प्रयोग बढ्दै गएका विभिन्न किट्नासक र ढुसिनासक विषादीले जैविक कृषि प्रविधिलाई चुनौती दिएका छन् । रसायनिक मल तथा विषादी प्रयोगबाट वातावरण पर्ने प्रभाव, उत्पादित वस्तुमा हुने विषको अवसेस र त्यसको सेवनबाट हुने भयानक दिर्घकालीन असर र जैविक उत्पादन तथा उपभोगका फाईदाबारे ब्यापक बहस, छलफल हुनुका साथै आमसञ्चारका माध्यमहरुले पनि प्रचारप्रसारमा साथ दिनुपर्ने देखिएको छ । ग्रामिण क्षेत्रका सचेत युवाहरु बैदेशिक रोजगारीका लागि विदेश पलायन भएको अवस्थामा कृषिको सम्पूर्ण जिम्मेवारी महिलामा आएकाले जैविक समुह गठन तथा समुहको विकासमा महिला सशक्तिकरणको महत्वपूर्ण भूमिका रहेको छ । माटोलाई चाहिने पौष्टिक तत्व प्रदान गर्ने निहुँमा नेपालका कृषकहरुले प्राविधिकको बिना कुनै सल्लाह र माटोको प्रकार नहेरी अन्धाधुन्द तरिकाले माटोमा रसायनिक मलको प्रयोग बढाउँदै छन्, जसले निकट भविष्यमा माटोको उप्तदकत्वहस ल्याउने छ ।
    रसायनिक मल र विषादीको प्रयोग मानव तथा वातावरणको स्वास्थ्यमा ठुलो असर गर्छ । त्यसैले स्थानीय,संघीय सरकार तथा सरोकार निकायहरुले जैविक कृषिमा जोड दिन आवश्यक छ । छा–याँ नेपालले गर्दै आएको यस परियोजनालाई दिर्घकालीन बनाउन स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी अन्य क्षेत्रमा विस्तार गर्न जरुरी देखिन्छ । साथै, जैविक तरिकाले रोग तथा किटनासक विषादीहरुको उत्पादनका बारेमा थप अनुसन्धान र खोज हुन जरुरी छ ।बदलिँदो जीवनशैलीले मानव स्वास्थ्यमा निम्त्याएका गम्भीर समस्याहरूको निदानका लागि जैविक कृषि प्रविधि उपयोग गरी उत्पादित कृषिजन्य वस्तुहरुको पहिचान र प्रचार गरी त्यसको महत्व उजागर गर्नुपर्दछ । मानव जातिसँगै सिंगो पृथ्वीमा रहेका प्राणी र वनस्पतिको स्वास्थ्य, दिगो विकास, खाद्य सुनिश्चता र गरिबी निवारणका लागि जैविक कृषि आजको अपरिहार्य विषय बनेको छ ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

    • ३.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ४.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.