चितवन । नेपाल सरकारका राज्यमन्त्री एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठले विपन्नलाई शिक्षा र स्वास्थ्यको पहुंँचमा पुरयाउने बताएका छन । शुक्रबार ईच्छाकामना गाउंँपालिका विकट ठाउंँहरुमा मतदाता भेटघाट गर्ने क्रममा उनले शिक्षा र स्वास्थ्यको पहुंँच विना उनीहरुको जीवनस्तर उकास्न नसकिने बताए । ईच्छाकामनामा अन्य ठाउंँका हिसाबले पछाडि परेकोले आफूले निर्वाचन जितेपछि यहांँ विपन्न समुदायलाई आयआर्जनका कार्यलाई जोड दिने उनले बताए । ‘मैले शिक्षा क्षेत्रमा हजारौ विद्यार्थीलाई उज्यालो छरेको मान्छे अब, म राजनीतिबाट विपन्नको शिक्षा र स्वास्थ्यमा पहुंँछ पुरयाउनेछु ।’ उनले भने ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य रोजगारीबाटनै गरीब, विपन्न समुदायको जीवनस्तर उकासिने बताउंँदै उनले आफूलाई मत दिए यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका नभएको बताए । शिक्षा र स्वास्थ्यमा काम गरेर सफल भईसकेको बताउंँदै उनले काम गर्ने मान्छेलाई भोट दिएर जिताउन उनले आग्रह गरे । ‘ हिजोका नेताले यहांँ के गरे मुल्यांकन गर्नुस । मैले के गरे त्यो पनि तपाईहरुले देख्नु भएकै छ । म कम बोल्ने तर काम बढी गर्ने मान्छे हुंँ ।’ श्रेष्ठले भने ।
यहांँको युवा महिला , बृद्धबृद्धाले दुःख पाएकोले यहांँको लागि युवा महिला लक्षित बिशेष कार्यक्रम ल्याईने उनको भनाई थियो । ‘युवा महिलाकोहरुको लागि कृषि र रोजगारी , बालबालिका र बृद्धको लागि शिक्षा र गुणस्तरीय शिक्षाबाट परिवर्तन ल्याउने मेरो धोको छ ।’ श्रेष्ठले भने । शिक्षा स्वास्थ्य क्षेत्रमा आफूले ठूलो लगानी गरेको भन्दै पछिल्लो समय कृषि क्षेत्रमा अघि बढेको पनि उनले बताए । ‘अब यस्ता ठाउंँमा कृषिको प्रर्वद्धन गर्नुपर्छ, उत्पादनको बजार व्यवस्थापन अहिलेको चुनौति र आवश्यकता हो र मेरो प्राथमिकता पनि हो ।’ उनले भने ।
आफू विपन्न गरीबको सेवा गर्न पाउंँदा खुशी हुने भन्दै यो अवसर दिन उनले आग्रह गरे । भेटघाटका क्रममा ईच्छाकामनाको गरीब,विपन्न र चेपाङ्ग समुदायले आफ्नो गास बास कपासको लागि सहज गरिदिन श्रेष्ठलाई आग्रह गरेका थिए । उम्मेद्वार श्रेष्ठ ईच्छाकामनाको समस्या र त्यहांँको नागरिकको दुःख बुझ्न केही दिनदेखि ईच्छाकामना गाउंँपालिलकामा घरदैलो र मतदाता भेट्ने क्रममा सक्रिय रहंँदै आएका छन ।