• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण


  •   बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
  • तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी न.पा ४ दुलेगौडा केन्द्रिय कार्यालय रहेको गणपति लघुवित्त वित्तिय संस्था लिं.ले आफ्नो नवौं बार्षिक उत्सवको उपलक्ष्यमा अत्यावश्यक भौतिक सामाग्री, खाद्यान्न तथा नगद वितरण गरेको छ । कास्की जिल्लाको पोखरा उ.म.न.पा ३२ लामेआहालमा अवस्थित राधाकृष्ण बृद्धआश्रममा आश्रीत बृद्धबृद्धालाई लक्षित गरी संस्थाले नगदसहित, अत्यावश्यक भौतिक सामाग्री तथा खाद्यान्न वितरण गरेको हो ।

    Advertisement

    राधाकृष्ण बृद्धआश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षता तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत राम प्रसाद सापकोटा, बृद्धआश्रम सञ्चालक समितिका प्रथम उपाध्यक्ष शोभामोहन पौडेल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन वित्तीय संस्थाकै प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले दिनभर काममा ब्यस्त छोराछोरीले बिहान बेलुका खाना दिएपनि दिनभर बृद्ध बुबाआमा शहरका बन्दकोठामा बस्दा भन्दा बढी खुशी आश्रममा देखिएकाले आश्रमले निभाएको जिममेवारीकोे तारिफ गर्नुभएको थियो ।

    त्यस्तै कार्यक्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले संस्थाको स्थापनाकाल देखी हालसम्म प्रत्येक बर्ष यसै आश्रममा जोडिएर सहयोग गर्न पाउदा खुशी लागेको र आश्रीत बृद्ध बुवा आमाको आशिर्वादले नै संस्थाले आज सहजै नवौँ बर्ष पार गरेको बताउनुभएको थियो । आश्रमको तर्फबाट आफ्नो मन्तब्य राख्ने क्रममा प्रथम उपाध्यक्ष शोभामोहन पौडेलले निरन्तर नौ बर्षदेखी संस्थाले यस आश्रमलाई सहयोग गर्दै आइरहेको र जसबाट बृद्धबृद्धाको खानपान, पालनपोषण र औषधी उपचारमा अतुलनिय सहयोग पुगेको बताउदै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो भने, आश्रम सञ्चालक समितीका अध्यक्ष विश्वराज लामीछानेले वित्तीय संस्थाले आर्थिक कारोवार मात्रै गर्छन भन्ने भास्य तोडेर हरेक बर्ष नियमित उदाहरणीय सामाजिक कामहरु गर्दै आएकोमा आभार प्रकटका साथै संस्थाको उत्तर उत्तर प्रगतीको कामना गर्नुभएको थियो ।

    संस्थाले सहयोगका लागी यस आश्रमलाई हरेक बर्ष रोज्नुले दुई संस्थाविच नङ् र मासुको जस्तो सम्बन्ध रहेको प्रसंग निकाल्दै संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दे कार्यक्रको समापन गर्नुभएको थियो । कार्यक्रमा वित्तिय संस्थाको विभिन्न विभागमा कार्यरत विभागीय प्रमुख, कर्मचारीहरु, आश्रमका सञ्चालक समितीका अन्य पदाधिकारीहरु र आश्रीत ४० भन्दा बढी बृद्ध आमा बुबाको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन संस्थाको अधिकृत तिलक बहादुर भण्डारीले गर्नुभएको थियो । त्यस्तै संस्थाले आफ्नो नवौँ बार्षिकोत्सव अन्य शाखाहरुबाट पनि विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी मनाएको छ ।

    राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्त वित्तिय संस्थाले देशका विभिन्न जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत करिव ३६ हजार सदस्यलाई बैंकिङ सेवा पु¥याउने क्रममा वित्तिय कारोवार सँगसँगै विभिन्न संस्थासँग समन्वय गरी सामाजिक उत्तरदायित्वका कामहरु पनि निरन्तर गर्दै आइरहेको छ ।

    बुधबार, मङि्सर २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.