• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता


  •   मङ्गलबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • वीरगञ्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो स्थापनाको २०औं वर्षगाँठका अवसरमा नेपालमा नै पहिलोपटक “समाचार वाचन प्रतियोगिता” आयोजना गरेको छ। रेडियोमा लामो समयदेखि सक्रिय पत्रकारदेखि कलेजमा अध्ययनरत विद्यार्थीसम्म ४२ जनाले यो प्रतियोगितामा सहभागिता जनाएका छन्।नेपालमा नागरिकस्तरबाट एफएम रेडियोको प्रसारण सुरु भएको करिब अढाई दशक बितिसक्दा पनि समाचार वाचनलाई केन्द्रविन्दु बनाएर राष्ट्रव्यापी रूपमा यस्तो प्रतियोगिता आयोजना भएको थिएन। वीरगञ्जबाट भएको यो प्रारम्भले रेडियोको पहिचानलाई पुनः स्थापित गर्ने विश्वास लिइएको छ।प्रतियोगिताका निर्णायक तथा वरिष्ठ सञ्चारकर्मी लक्ष्मण कार्की ले यस पहललाई ऐतिहासिक भएको बताएका छन्। उनले भने, “नेपालमै पहिलोपटक समाचार वाचनमा आधारित यस्तो प्रतियोगिता हुनु आफैमा ऐतिहासिक हो ।” समाचार वाचनमा पनि विविध आयाम छन्, ती सबैलाई हेर्दा प्रतिस्पर्धा सम्भव छ भन्ने नारायणी एफएमले प्रमाणित गरेको छ।

    Advertisement

    दुई दशकअघि रेडियोमा आफ्नो समाचार वाचन यात्रा सुरु गरेका कार्कीका अनुसार वीरगञ्जबाट भएको यो प्रारम्भले अन्य समुदायिक एफएमहरूलाई पनि प्रेरणा दिनेछ।अर्का निर्णायक प्रतिमा चौधरीका लागि पनि यो कार्यक्रम विशेष बन्यो। २२ वर्षअघि रेडियो वीरगञ्जमा भोजपुरी भाषामा समाचार वाचन गर्दाको क्षण स्मरण गर्दै उनले नारायणी एफएमको प्रयासलाई “अत्यन्तै युनिक” भएको बताइन्। नयाँ पिँढी र अनुभवी दुवैलाई एउटै मञ्चमा ल्याएर प्रतिस्पर्धा गराउनु आफैमा महत्वपूर्ण अभ्यास हो, उनले भनिन्।

    प्रतियोगिताले रेडियोसँग टाढिँदै गएको नयाँ पुस्तालाई पुनः आकर्षित गर्न मद्दत गर्ने विश्वास अर्का निर्णायक सन्तोष देउजा ले व्यक्त गरे। उनले रेडियो, टिभी, प्रिन्ट हुँदै डिजिटल प्लेटफर्मको आधुनिक यात्रामा रहेका सञ्चारकर्मीका लागि समेत यो कार्यक्रम प्रेरणादायी रहेको बताए।देउजाका अनुसार नारायणी एफएमले किसान, मजदूर, शिक्षा, स्वास्थ्यदेखि सामाजिक–आर्थिक मुद्दामाथि बहस सञ्चालन गर्दै आएको छ, त्यसमाथि समाचार वाचनमा सक्रिय र नयाँ दुवैलाई प्रतिस्पर्धामा उतारेर पुरस्कार वितरण गर्नु आफैँमा उत्कृष्ट पहल हो।उनले रेडियोको पुनर्जागरण मा जोड दिँदै भने, “यदि हरेक वर्ष यस्तो प्रतियोगिता निरन्तर भयो भने रेडियोको पहिचान पुनः सबल बन्दै जानेछ। रेडियोको युग सकिएको दाबी गर्नेहरूलाई पनि यसले राम्रो जवाफ दिएको छ ।”

    देउजाले समसामयिक डिजिटल प्रवाहसँग मेल खान एफएमहरूले पनि आफ्ना कन्टेन्ट दृश्य–श्रव्य ढङ्गले प्रस्तुत गर्नुपर्ने सुझाव दिए। “अब रेडियो सुन्ने मात्र होइन, हेर्ने सामग्री बनेर पनि आउनुपर्छ,” उनले भने।
    कार्यक्रम सफल भएकोमा उत्साहित देखिएका नारायणी एफएमका कार्यकारी निर्देशक शिवनाथ यादव ले यो सुरुवातले संस्थालाई थप सक्षम बनाउने बताए। लामो अनुभव भएका सञ्चारकर्मीहरू समेत प्रतिस्पर्धामा उत्रनु भयो। यसले आगामी वर्षहरूमा अझ व्यवस्थित र व्यापक कार्यक्रम गर्ने हौसला दिएको छ, यादवले भने।नारायणी एफएमले यो वर्ष पहिलोपटक सुरु गरेको समाचार वाचन प्रतियोगिता अब युवा पुस्तालाई रेडियोसँग जोड्ने एक महत्त्वपूर्ण र नियमित कार्यक्रमका रूपमा रुपान्तरण हुने छ भन्ने हामीले विश्वास लिएका छौ, यादवले भने ।

    मङ्गलबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.