• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

टालटुले विकासले देश विकास हुँदैन : विक्रम पाण्डे


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • भरतपुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले टालटुले विकासले समृद्धि कल्पना पनि गर्न नहुने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ शान्तिचोकस्थित साङ्गेन छ्योइलिङ गुम्बा र साङ्गेन छ्योइलिङ आमा समूहले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेता पाण्डेले भन्नुभयो, ‘टालटुले विकासले देशको विकास हुँदैन । देशको विकास हुनको लागि जहाँ विकासको कामै भएको छैन, त्यही ठाउँबाट सुुरू गर्नु पर्छ ।’

    Advertisement

    पश्चिम चितवनलाई अन्तर्राष्ट्रियस्तरको कृषि हब बनाउने हो भने यहाँको विकासमा लहर नै चल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पश्चिम चितवन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको कृषि हबको रूपमा विकास गर्ने हो भने विदेशिएका नेपाली युवालाई पनि फिर्ता बोलाएर रोजगार दिन सकिन्छ ।’ त्यसले समाज रूपान्तरणमा ठूलो टेवा पुुग्ने नेता पाण्डेले बताउनुभयो । चितवन देशकै मुटु भएकोले मुटुलाई स्वस्थ राख्न आफूू पुनः जनताको घरदैलोमा आएको बताउनुभयो ।

    विकासमा चितवनलाई देशकै नमूना जिल्ला बनाउने योजना लिएर आफूले यसपटक पनि प्रतिनिधिसभामा उम्मेदवार बनेको बताउनुभयो । पश्चिम चितवनलाई जिल्लाको सबै क्षेत्रसँग जोड्नको लागि पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म तीन लेनको सडक निर्माण गरेर पर्यटन क्षेत्रलाई पनि थप आकर्षित बनाउन सकिने बताउनुभयो ।

    ‘कुनै पनि विकास निर्माणको काम गर्दा जनतालाई मर्का पर्ने गरी काम गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले पुलचोकदेखि गोलाघाट हुँदै सौराहासम्म पर्यटकीय सडक बनाउनको लागि तीन लेनभन्दा ठूलो बनाउनु आवश्यक छैन ।’ तीन लेनको सडक निर्माण गर्दा जनतालाई पनि सुविधा, ठाउँको पनि विकास हुने उहाँको भनाइ छ । यसअघि भरतपुर–८ सल्यानी चोकमा भएको चुनावी घरदैलोलाई सम्बोधन गर्दै उहाँले चितवन जस्तो उर्वर भूमिमा देशकै कृषि उद्यमको विकास गरेर सबै युवालाई स्वदेशमै रोजगारको व्यवस्था मिलाउने योजना बनाएको बताउनुभएको छ । यस्तै भरतपुर–८ सगरमाथा टोलमा भएको कार्यक्रममा नेता पाण्डेले संसदमा जाने बाटो खुला गरिदिन आग्रह गर्नुभएको छ ।

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.