• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श


  •   शनिबार, माघ १८, २०८२ मा प्रकाशित
  • चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसको एक्स्पोमा ३०० बढी विद्यार्थीले परामर्श लिएका छन । संस्थाले नारायणगढको शहिदचोक स्थित आफ्नै कार्यालय परिषरमा ‘मेट्स इडु एक्स्पो २०२६’ भव्य र उत्साहजनक रूपमा सम्पन्न गरेको हो ।
    विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा अष्ट्रेलिया, क्यानडा र बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरणबारे विस्तृत जानकारी प्राप्त गरेको चितवन शाखा प्रबन्धक प्रकाश पौडेलले जानकारी दिए ।

    Advertisement

    प्रबन्धक पौडेलका अनुसार एक्स्पोले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उनले भने, “विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनुका साथै आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसन समेत लिन सफल भएका छन्।”
    एक्स्पोमा कक्षा १२ उत्तीर्णदेखि ब्याचलर तथा मास्टर्स तह अध्ययन गर्न चाहने विद्यार्थीहरूले शैक्षिक परामर्श लिएका थिए। विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता र कागजातका आधारमा छात्रवृत्ति अवसरबारे समेत परामर्श प्राप्त पौडेलले बताए ।

    कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो, जसबाट विद्यार्थीहरूले शैक्षिक ऋण तथा वित्तीय परामर्शसम्बन्धी जानकारी लिएका थिए। साथै, सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।
    संस्थाका अनुसार उक्त एक्स्पोले चितवन तथा आसपासका विद्यार्थीहरूलाई विदेशी उच्च शिक्षाबारे प्रत्यक्ष, विश्वसनीय र व्यावहारिक जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।

    शनिबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ
    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.