चितवन । मतदाता लाई धान थन्काउने चटारो परिरहँदा निर्वनचनको मिति समेत नजिकिदै गएको छ । यी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिंँदै जाँदा उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि धानखेतमा पुग्ने गरेका छन् ।
यसै क्रममा चितवन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट उम्मेद्वार बन्नु भएका प्रा.डा.सूर्यकान्त घिमिरे मत माग्नका लागि जनताको घरदैलोमा जाने क्रम जारी रहेको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रका आज किसानसंँग मत माग्न धान खेतमा पुग्नुु भएको छ । लोकतान्त्रिक बाम गठवन्धनको तर्फबाट उम्मेद्वार बन्नु भएका घिमिरेले जनताको हक हितको पक्षमा काम गर्ने बताउनु भएको छ । कृषि क्रान्ति बिना देशको बिकास सम्भव नभएको भन्दै उहाँले कृषि क्षेत्रको समस्या सााधानका लागि बाम गठवन्धन बिजयी हुन जरुरी रहेको बताउनु भयो ।
किसानहरुको समस्या समाधानका लागि राजनैतिक स्थिरता आबश्यक रहेको भन्दै उहाँले राजनैतिक स्थिरताका लागि गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । संबिधानको रक्षा र देशको बिकासका लागि अहिले गठवन्धनबाट निर्वाचनमा जानु परेको उहाँको भनाई थियो । चितवन क्षेत्र नम्बर ३ मा बाम गठवन्धनका तर्फबाट प्रतिबद्धता पत्र समेत जारी गरिसकेको बताउँदै उहाँले गरिएको प्रतिबद्धता अनुसार काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।