• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मानव सेवा आश्रम भवन निर्माणका लागि मंसिर २५ गते क्याम्पाचौरमा ‘नेपथ्य लाइभ कन्सर्ट’


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • चितवन । मानव सेवा आश्रम भवन निर्माणका लागि मंसिर २५ गते क्याम्पाचौरमा ‘नेपथ्य लाइभ कन्सर्ट’
    चितवन । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते नेपथ्य गुञ्जिँदै छ । त्यस दिन चितवन नै झुम्ने गरी कार्यक्रम गर्न लागिएको हो ।

    Advertisement

    मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक÷रक गीतहरु प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम चितवनले जनाएकोे छ ।

    साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गरी बेसहाराहरुको पालन पोषण र भवननिर्माण सम्पन्न गर्न मानवसेवा आश्रमले मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको यो कार्यक्रम चौथो हुनेछ ।

    नेपथ्य कार्यक्रमको तयारी स्वरुप आश्रमले चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी गैरसरकारी संघ सस्थाका प्रमुखहरुसँग भेटघाट गर्ने र कार्यक्रमको बारेमा जानकारी गराउने कार्य जारी रहेको छ ।

    प्रचार प्रसारको लागि फ्लेक्स बोर्डहरु आवश्यक ठाँउहरुमा राख्ने, विभिन्न समिति निर्माण गर्ने, टिकट विक्रीका लागि अभिभावकहरुलाई वितरण गर्ने कार्य जारी छ । आवश्यक सुरक्षा गार्ड तथा कार्यक्रम स्थल निर्माणका लागि जिम्मा दिने काम पुरा भएको मानवसेवा आश्रमका बागमती प्रदेश संयोजक एवं चितवन शाखा प्रमुख निता के.सी. ले जानकारी दिनुभयो ।

    उक्त लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरपछि २५ गते भरतपुरको क्याम्पाचौरमा हुन लागेको छ ।

    त्यसपछि २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्यउ गुञ्जिने छ ।

    अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कार्यक्रमको टिकट बुकिङ शुरु भएको र नजिकका आश्रम कार्यालयबाट टिकल लिन सकिने छ ।

    चितवनसहित नेपालकै सडकपेटीमा खाना, नाना, र छानाको अभावमा रहनुपर्ने बाध्यताको अन्त्य गर्ने संकल्पका साथ एक दशक अघि स्थापना भएको आश्रमले देशका विभिन्न १९ जिल्लामा सेवा केन्द्र स्थापना गरी असहाय तथा बेसहाराहरुको उद्धार गरी आश्रय दिँदै आएको छ ।

    उक्त अभियानलाई पूर्णता दिन चितवनबासी तथा देश विदेशमा रहनुभएका परोपकारी मनहरुले खुलेर योगदान गर्ने अपेक्षा रहेको आश्रमले जनाएको छ ।

    मानवसेवा आश्रम नितान्त दाताहरुको स्वेच्छिक सहयोग र स्थानीय सरकारको आंशिक सहयोगमा सञ्चालित छ । यसमा व्यक्तिहरुले स्वेच्छाले विशेष पर्व एवं अवसरहरुमा नगद वा जिन्सी सहयोग गर्न सक्ने आश्रमले जनाएको छ ।

    यस्तो छ चितवन आश्रमको अबस्था…

    हाल मानवस्ोव आश्रम चितनवनको भवन निर्माण कार्य आर्थिक अभावका कारण रोकिएको छ । तर पनि भाडाको घरबाट छुटकारा गराई आश्रमको आफ्नै निर्माणाधीन भवनमा लक्ष्मी नारायणहरुलाई राखिएको छ ।
    आश्रमको प्रसाशन भवन, नारायण भवन (पुरुषहरु बस्ने घर) सम्पन्न भएको छ भने लक्ष्मी भवन –महिलाहरु बस्ने घर) निर्माणाधीन अवस्थामा रहेको छ । भवन निर्माण सम्पनन गर्न एक करोड ६० लाख लाग्ने अनुमान छ ।

    भरतपुर महानगरपालिका–३ बेलचोक नारायणगढ (भृकुटी बोर्डिङ स्कुल अगाडि) समाजसेवी स्व. भगवानदास श्रेष्ठको परिवारले दिनुभएको ८ गठ्ठा क्षेत्रफलमा बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि १०० लक्ष्मी नारायणलाई राख्न मिल्ने छ । हाल भने ६५ आश्रित छन् ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.