• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

रत्ननगरका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा दान सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्यू क्यापिटल कलेज रत्ननगरमा नेत्रदान सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

    Advertisement

    लायन्स क्लब अफ चितवन नेशनल पार्क र रत्ननगर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा स्वयंसेविकाहरुलाई आँखा दानको महत्व, आँखा दानको प्रक्रिया, दातासम्म कसरी पु¥याउने भन्ने बारेमा प्रशिक्षित गरिएको छ ।

    भरतपुर आँखा अस्पतालको आँखा नानी संकलन केन्द्र, भीमराज उषामाया पाठक आँखा बैंकले सहजीकरण गरेको कार्यक्रममा नगरपालिकाका ६२ जनास्वयंसेविकाहरु सहभागी हुनुहुन्थ्यो ।

    सो अवसरमा लायन्स क्लबका पूर्व गभर्नर तथा आँखा बैंकका संयोजक प्रभातकुमार जोशीले महिलाले गरेको काम गुणात्मक रुपमा राम्रो हुने गरेको बताउँदै आँखा दान कार्यक्रम प्रभावकारी बनाउन लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “महिलाले सिके सिंगो परिवार र समाज शिक्षित हुन्छ ।” एक पटक फेरेको आँखाले जीवनभर देख्न सकिने बताउँदै उहाँले आँखा नदेख्नेलाई देख्ने बनाउने जस्तो पुण्य काम अरु नहुने बताउनुभयो ।

    कार्यक्रममा भरतपुर आँखा अस्पतालका डा. सिर्जना पराजुलीले जीवनमा गरिने सबैभन्दा पुण्य कर्म आँखा दान भएको बताउँदै आँखा दान गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले आँखा दान गर्नका लागि उमेर र लिंगको कुनै बन्देज नभएको बताउँदै बच्चादेखि बृद्धसम्मले आँखा दान गर्न सक्ने जानकारी दिनुभयो ।

    एउटा व्यक्तिले दान गरेको आँखाले चार जनाले संसार देख्ने बताउँदै उहाँले रेविज, हेपटाईटिस, एड्स, टिवी, क्यान्सर लागेका बाहेक अरुबाट आँखाको नानी संकलन गर्न सकिने बताउनुभयो । उहाँले आँखा दानभन्दा आँखाको पूरै भाग निकाल्ने सम्झने गरेको भन्दै उहाँले आँखाको अगाडिको पातलो झिल्ली मात्रै निकालिने जानकारी दिनुभयो । उहाँले मृत्यु भएको आठ घण्टाभित्र नानी संकलन गर्न राम्रो हुने बताउनुभयो ।

    कार्यक्रममा आँखा बैंक कोअर्डिनेटर छाया श्रेष्ठले जुनसुकै समयमा पनि आँखाको नानी संकलनका लागि जानकारी पाउन साथ आफूहरु नानी संकलनका लागि आउने बताउनुभयो । उहाँले भन्नुभयो “जहाँ मृत्यु भएको छ, त्यही आएर हामीले नानी संकलन गर्दछौं ।”

    कार्यक्रममा लायन्स क्लब अफ चितवन नेशनल पार्कका संस्थापक अध्यक्ष निरज श्रेष्ठले स्वयंसेविकाहरुले आँखा दानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले समाजमा प्रत्यक्ष घुलमिल हुने स्वयंसेविकाहरुलाई यो पुण्य कर्ममा सघाउन आग्रह गर्नुभयो । उहाँले पूर्वी चितवनमा आँखा दान सम्बन्धी समन्वय गर्न आफूलाई सम्पर्क गर्न सक्ने जानकारी दिनुभयो ।

    क्लबका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वी चितवनका ६७ जनाको आँखा दान गर्न ईच्छापत्र फारा भरेका छन् । सोही अवसरमा उक्त फारम अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.