• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

युवाहरुलाई स्वरोजगार तालिम : सय भन्दा बढी तालिम प्रदायक संस्थाको सहभागी


  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
  • चितवन । स्वरोजगार बनाउने उद्देश्यसहित सरकारले दशकअघि ल्याएको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनामा युवाहरूको आकर्षण रहेको पाइएको छ । शुक्रवार भरतपुरमा तालिम लिएका प्रशिक्षार्थी, प्रशिक्षक तथा परियोजनाका अधिकारीबीच भएको अन्तरक्रिया क्रममा युवाहरूको उल्लेखनीय सहभागिता रहेको पाइएको हो ।

    Advertisement

    विश्व बैंकको ऋण लगानीमा सन् २०११ बाट शुरु भएको यो परियोजना शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर सञ्चालन गरिरहेको छ । सोहीअन्तर्गत सन् २०१७ देखि दोस्रो परियोजनाको तालिम प्रशिक्षण अन्तिम चरणमा पुगेको छ ।

    परियोजनाअन्तर्गत प्राथमिक शिक्षाको पहुंँचमा नपुगेका १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई विभिन्न शीपमुलक तालिम दिइने गरिएको छ । तालिममा हस्पिटालिटी, कार्पेन्टर, इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, आधुनिक कृषि प्रणालीलगायत ५२ प्रकारका तालिम समावेश गरिएका छन् ।

    परियोजनाका निर्देशक शिवकुमार सापकोटाले पांँच वर्षमा देशभर १ लाख १५ हजारलाई स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित तालिम दिने गरिएको बताए । ‘यो परियोजना शिक्षाको पहुंँचमा नभएका विपन्न, महिला, दलित, उत्पीडन तथा पिछडा वर्गका लागि लक्षित कार्यक्रम हो,’ सापकोटाले भने ।

    उनका अनुसार देशभर सीटीईभीटीबाट सम्बन्धनप्राप्त १०० भन्दा बढी तालिम प्रदायकले तालिम, प्रशिक्षण दिइरहेका छन् ।

    तालिमको अन्तिम चरणअन्तर्गत भरतपुरमा प्रशिक्षार्थी, प्रशिक्षक तथा सरकारका अधिकारीबीच अन्तरक्रियाका साथै प्रगति र सुझाव संकलन गरिएको सापकोटाले जानकारी दिए ।

    पहिलो परियोजनाको नतिजा अनुसार शतप्रतिशत परियोजना प्रभावकारी भएको पाइएको सापकोटाको दाबी छ । ‘पहिलो परियोजनामा शतप्रतिशतले तालिम लिनुभयो र स्वरोजगार बन्नुभयो । यसमध्ये ८० प्रतिशत नेपालमै काम गरिरहेका छन् भने २० प्रतिशत शीप लिएर विदेश छन्,’ उनले भने, ‘अहिलेको यो दोस्रो परियोजना पनि उत्तिकै प्रभावकारी र उपलब्धिमुलक भएको पाएका छौं ।’

    शिक्षाबाट वञ्चित भएका युवाहरूलाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यले यो परियोजना शुरुवात गरिएको परियोजनाका उपसचिव केवलीराम अधिकारीले जानकारी दिए । रोजगारीको प्रकृति अनुसार तालिमको अवधि ३ देखि ६ महिनासम्मको राखिएको छ । पहिलो परियोजनामा तालिम लिएकामध्ये सबैजना दक्षता हासिल गरी स्वरोजगारमा रहेको र यो दोस्रो परियोजनामा पनि कतिले काम शुरु गरिसकेको र कतिपय प्रक्रियामा रहेको उनको भनाइ छ ।

    कार्यक्रममा तालिममा सहभागी चितवनका प्रशिक्षार्थी विवेक कँडेलले तालिम उपयोगी र उपलब्धिमुलक रहेको भन्दै यस तालिमबाट आफूले चियाको विभिन्न भेराइटी पाइने चिया दरबार स्थापना गर्न सफल भएको बताए । हाल कुलिनरी आर्टस्सम्बन्धी तालिम लिएर हस्पिटालिटी क्षेत्रमा काम गर्ने इच्छा भएको उनले सुनाए ।

    सेवा प्रदायक संस्था वल्डलिंक टेक्निकल ट्रेनिङ्गले मात्र चितवन, नवलपरासीलगायत जिल्लाका ४ हजार ७८७ जनालाई तालिम दिएको संस्थाका निर्देशक केदार बास्तोलाले जानकारी दिए ।

    २० जनाको समूह भएमा जुनसुकै ठाउंँमा पनि तालिम सञ्चालन गर्न सकिने बताइएको छ । तालिमको लागि सरकारले प्रतिव्यक्ति २० हजार रुपैयाँ लगानी गरेको छ ।

    शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.