मिडल्याण्ड, बेलायत । बेलायतको पारिवारिक भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका पुराना नेता एवं बागमती प्रदेशका निवर्तमान मंत्री बलराम पौडेललाई मिडल्याण्डको लेस्टर र वर्घिंघम शहरमा एनआरएन अभियन्ता एवं समाजिक संघसंस्थाका प्रतिनिधिहरूले स्वागत र सम्मान गरेका छन् ।
यही १६ जनवरी २०२३ मा लेस्टरमा लेस्टरवासी नेपालीहरूको तर्फबाट एनआरएनए युरोपका उपसंयोजक एवं सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष दयानिधि सापकोटाले नेपालको प्रजातान्तिक आन्दोलन आदरणीय बलराम पौडेल ज्यूको ठूलो योगदान रहेको र उहांलाई आफ्नो कर्म थलोमा सम्मान र स्वागत गर्न पाउदा खुसी लागेको बताउनु भयो ।
साथै उहांलाई सिर्जनशिल लेस्टरका पूर्व अध्यक्ष, साझा नेपाली समाजका उपाध्यक्ष एवं मगर संघ युके मिडल्याण्ड शाखाका नवनिर्वाचित अध्यक्ष प्रेम आले मगर र सिर्जनशील लेस्टरका पूर्व महासचिव बरूण भण्डारीले पनि खादा ओढाएर सम्मान गरेका थिए ।
ऐतिहासिक शहर लेस्टरमा पाएको सम्मानमा खुसी व्यक्त गर्दै नेता पौडेलले आफ्नो व्यवसाय र पेसामा लेस्टरवासी नेपालीले पाएको सफलताले आफू प्रसन्न भएको बताउनु भयो ।
लेस्टरमा भएको सम्मान कार्यक्रममा पिटरवोरो नेपाली समाजका पूर्व अध्यक्ष केशब भण्डारी, एनपीसीसी युकेका पूर्व महामंत्री शिव तिमिल्सिना, एनआरएन युकेका सहकोषाध्यक्ष उपेन्द्र पौडेल, ग्रान्थम समाजका उपाध्यक्ष किशोर लामिछाने र एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष शरद शाही लगायतको सहभागिता रहेको थियो।
यसैगरी नेपालीहरूको बाक्लो बस्ती भएको वर्घिघम सहरका नेपालीहरूले पनि नेपाली कांग्रेसका पुराना नेता एवं निवर्तमान बागमती प्रदेशका मंत्री बलराम पौडेललाई स्वागत र सम्मान गरेका छन्। यही जनवरी १६ तारिख साझ नेपाली जनसम्पर्क समिति युकेका सहमहामंत्री गुन्जेश्वर न्यौपानेको संयोजनमा वर्घिघममा भएको कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा र यार्डली सोलिहल परिवारका अध्यक्ष गोकर्ण हुमागाईले खादा ओढाएर नेता पौडेललाई सम्मान गरेका थिए ।
इंग्ल्याण्ड कै दोस्रो ठुलो शहर वर्घिघममा पाएको सम्मानप्रति आभार व्यक्त गर्दै नेता पौडेलले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । विदेशमा बसेर पनि मातृभूमि नेपालप्रति देखाएको ममताप्रति खुसी व्यक्त गर्दै नेपालको समसामाहिक राजनैतिक अवस्थाबारे सहभागिहरूले राखेको जिज्ञासालाई प्रस्ट पार्नु भएको थियो ।
सोलिहल गोर्खा लन्चमा भएको उक्त कार्यक्रममा एनपीसीसी युकेका पूर्व महामंत्री केशव भण्डारी, एनपीसीसी मिडल्याण्ड अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्य, एनआरएनए युकेका प्रवक्ता शशांक शर्मा, सहकोषाध्यक्ष उपेन्द्र पौडेल, साझा नेपाली समाजका पूर्व उपाध्यक्ष रामचन्द्र सुवेदी, ग्रान्थम समाजका उपाध्यक्ष किशोर लामिछाने, यार्डली सोलिहल परिवारका महसचिव राजु खत्री र जनसम्पर्क समितिका शरद शाही, राजेश लामिछाने,उदय आचार्य,प्रलाद कणेल,राजन खनाल, विकास भण्डारी, बलराम पौडेल लगायतको सहभागिता रहेको थियो ।