• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

आक्रामक बजार विस्तार गर्ने योजनामा ‘सिएट’ टायर कम्पनी


  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
  • चितवन ।भारतीय टायरको कम्पनी सिएटले नेपालमा प्लाण्ट राख्ने योजना बनाएको छ । नेपालमा यस कम्पनीको उत्पादन बिक्री राम्रो भएको र ग्राहकको माग बढेकोले प्लाण्टनै राख्ने योजना बनाएको हो । कम्पनीले हाल भारत , वंगलादेश लगायत अमेरिका युरोप लगायत अन्य देशमा प्लाण्ट राखेर बिक्री गरेपनि नेपालमा हाल आयात गरेनै माग पुरा गर्दै आएको छ ।
    विगत केही बर्षअघि देखि नेपालमा यस कम्पनीको टायरको माग र बिक्री क्रमश बढ्दै गएकोले बजार विस्तारका क्रममा प्लाण्ट राख्ने योजनामा कम्पनी लागेको हो ।

    Advertisement

    बुधबार भरतपुरमा कम्पनीले चितवनका बिक्रेता, ग्राहकहरुसंँग अन्र्तक्रिया गर्दै सो विषयमा जानकारी गराएको हो । कार्यक्रममा कम्पनीका नेपाल प्रमुख राजपाल चड्डाले टायरको बजार अबस्था , गुणस्तरीयता र भावी योजना बारे जानकारी दिएका थिए । चड्डाले कम्पनीले चांँडै प्लान्ट राख्ने योजना कम्पनीको भएपनि विश्वबजार तथा नेपालको अर्थतन्त्रको अवस्थाका कारण केही समय लाग्न सके बताए । ‘हामीले यसअघिनै नेपालमा प्लाण्ट राख्ने योजनामा थियौं उनले भने, कोभिड देशको अर्थतन्त्र लगायतले पर्ख र हेरको अवस्थामा छौं ।’
    विश्वका सय देशभन्दा बढी देशमा आफ्नो कम्पनीको बजार रहेको भन्दै उनले नेपालमा पनि टायरको प्लाण्ट राख्न योजना कम्पनीको रहेको बताए । ‘नेपाल हाम्रो लागि राम्रो बजार भएको देश हो, उनले भने, यहांँ प्लान्ट राखियो भने कम्पनीको कष्टिङ पनि घट्छ ग्राहकले सहुलियत दरमा टायर पनि पाउंँछन ।
    सिएट टायरको बजारको अवस्था संँगै राम्रा र नराम्रा पक्षलाई पृष्ठपोषण लिन पनि चितवनमा अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम गरिएको उनले बताए ।
    पछिल्ला बर्षहरुमा नेपालमा सिइएटी टायरको बजार क्रमश बढ्दै गएको बताउंँदै चड्डालले नेपाली भुगोल र यहांँका विक्रेताले चाहे अनुसारको टायरको साइज, गुणस्तरमा बृद्धि गर्दै लगिएको बताए ।
    ’ कम्पनीले हाल साइकल र जहाज बाहेकका सबै सवारीसाधनको टायर उत्पादन गरिरहेको भन्दै उनले टायरको गुण दोष तथा सुझाव दिन आग्रह गरे ।
    कम्पनीले विभिन्न देशको भौगोलिक एवं सडकको अवस्था र सवारीसाधनको कामको प्रकृति हेरेर सोही प्रकारका टायरका उत्पादन गरिरहेको उनले जानकारी दिए । सवारीसाधन गुड्ने सडकको अवस्था तथा कामको प्रकृति अनुसार सवारी साधनमा टायर राखिएमा टिकाउ तथा माइलेज पनि बढी दिने राजपालको भनाई थियो ।
    सो अवसरमा बोल्दै कम्पनीका तर्फबाट नेपालका जनसम्पर्क अधिकृत मिलन पौडेलले समग्र देशको अर्थतन्त्र धराशायी हुंँदा यो व्यवसायलाई पनि असर परेको बताए । ‘सडक र पूर्वाधार निर्माण गर्दा समयमै पेमेन्ट हुंँदैन । यसको असर बिक्रेता ,ग्राहक हुंँदै हामीसम्म आईपुगेको छ ।’ उनले भने
    देशको आर्थिक गतिविधि धराशायी भएको बेला देशभरका विक्रेता,ग्राहकको समस्या बुझ्न र सुझाव लिन पनि अन्र्तक्रिया आयोजना गरिएको पौडेलले बताए । कम्पनीको उत्पादनलाई बर्षौसम्म विश्वास दिलाउन र टिकाउन बिक्रेताको प्रमुख भूमिका रहने भन्दै सुझाव संकलनका लागि पनि कम्पनीको टोली चितवन आएको उनको भनाई थियो ।
    कार्यक्रममा बिक्रेताहरुले सवारीको प्रकृति, कामको स्वरुप र सडकका संरचना अनुसार कुन गुणस्तरको टायर प्रयोग गर्दा उचित हुने बिषयमा जिज्ञासा राखेका थिए । उनीहरुले कम्पनीले दिएको सर्त अनुसार सेवा तथा ग्यारेण्टी, वारेण्टीको बिषयमा सहजता गरिदिन आग्रह गरे। कार्यक्रममा चितवनका डिलर, बिक्रेता , निर्माण व्यवसायी, चालक, मजदुर लगायत ६० जनाको हाराहारीमा सहभागिता रहेको थियो । सिएट टायरको बितरकको रुपमा नेपालमा अधिकृत बिक्रेता एसटीसी ग्रुपले सम्हाल्दै आएको छ ।

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.