• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

प्रधान सम्पादक कँडेल सम्मानित


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • चितवन ।कायाकैरन दैनिकका प्रधान सम्पादक सूर्यप्रकाश कँडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को वार्षिकोत्सवको अवसरमा शनिबार भरतपुरमा आयोजित अवार्ड वितरण समारोहमा पत्रकार कँडेल सम्मानित भएका हुन् ।

    Advertisement

    कायाकैरन दैनिकका प्रधान सम्पादक सूर्यप्रकाश कँडेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ बाट सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.को वार्षिकोत्सवको अवसरमा शनिबार भरतपुरमा आयोजित अवार्ड वितरण समारोहमा पत्रकार कँडेल सम्मानित भएका हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रको उल्लेखनीय विकास भएको बताए । ‘चाहे स्वास्थ्यकर्मीको उत्पादन होस् या प्रविधिको प्रयोगमा होस् उल्लेखनीय प्रगति भएको छ’, उनले भने, ‘स्वास्थ्यको गुणस्तरीयताले नै मानिसको मृत्युदर घटेको छ भने आयुदर पनि बढेको छ ।’ स्वास्थ्यकर्मीहरु आर्थिक आर्जनभन्दा सेवामा केन्द्रित हुन उनले आग्रह गरे । ‘तपाईहरु ठूलो होइन असल हुन प्रेरित हुनुस् । प्रयत्न गर्नुुुस्’ उनले भन,े ‘तपाईहरुको मूल्यांकन राज्यले गर्छ । समाजले गर्नेछ ।’ पछिल्लो समय विषयगत पत्रकारिताको विकास हुँदै गएको बताउंँदै उनले स्वास्थ्य दर्पणले देशभरका स्वास्थ्य सेवामा लागेका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा प्रसंशा गरे ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पछिल्लो समय पत्रकारमाथि आक्रमण बढ्दै गएको बताए । उनले पत्रकारिता क्षेत्र चुनौतीपूर्ण पेशा भएको भन्दै स्वास्थ्यपत्रकारिता थप चुनौतीपूर्ण र संवेदनशील विषयगत पत्रकारिता भएको बताए । स्वस्थ समाज निर्माण गर्न स्वस्थ पत्रकारिता गर्नुपर्ने भन्दै पोख्रेलले यस्ता सम्मानले स्वास्थ्यकर्मी र पत्रकारलाई ऊर्जा मिल्ने बताए । ‘यो सम्मानले तपाईहरुलाई आफ्नो काममा प्रेरित गर्ने अवसर दिएको छ’ उनले भने, ‘राज्यले तपाईहरु सबैलाई सम्मान दिन नसेकपनि निजी मिडियाको यो कार्य प्रशंसनीय छ ।’

    गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले पत्रकार नबोल्नेहरुको आवाज र नदेख्नेहरुको आंँखा बन्नुपर्नेमा जोड दिए । संचार क्षेत्र चुनौतीका बीच पनि अघि बढेको भन्दै उनले पत्रकार अनुसन्धान र खोज पत्रकारितामा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायतले नेपालले स्वास्थ्य र पत्रकारिता क्षेत्रमा फड्को मारेको र यसलाई गुणस्तरीयतामा लैजानुपर्नेमा जोड दिए । स्वस्थ जीवन, स्वस्थ समाजबाट नै स्वस्थ नेपालको निर्माण हुने उनीहरुको भनाई थियो ।

    पत्रकार सुरेश श्रेष्ठले अन्य विषयगत पत्रकारिता जस्तै स्वास्थ्य क्षेत्रको पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए । हरेक जिल्लामा विषयगत पत्रकारिताको व्यवसायिकता आवश्यक हुने श्रेष्ठको भनाई थियो । नेटवर्कका सल्लाहकार डा. भोजराज अधिकारीले मोफसलमा स्वास्थ्य पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको भन्दै नेटवर्कले विगत लामोसमयसम्म यस क्षेत्रलाई उजागर गर्न सफल भएको बताए ।

    नेटवर्कका अध्यक्ष श्रेष्ठले पछिल्लो समय पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताए । मिडिया हाउसले समाचार मात्र सम्प्रेषण नगरी यस क्षेत्रमा उदाहरणीय काम गरेका व्यक्तित्वहरुलाई ऊर्जा र प्रोत्साहन दिन सम्मान गर्दै आएको उनले बताए । यस्ता सम्मानले यस क्षेत्रमा काम गर्ने सबै व्यत्तित्वहरुको उर्जा र मनोबल बढ्ने भएकाले नियमित रुपमा संस्थाले सम्मान गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

    कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, नेपाल प्रेस युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.