• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमै पहिलोपटक दर्ता भएको चितवन ड्राईभिङ्ग स्कुल आयो सञ्चालनमा


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • चितवन । चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो । संस्थाले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिएको हो ।

    Advertisement

    औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ ।
    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए ।

    ‘यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं ।’ अधिकारीले भने ।

    दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनिकरणको गर्ने उद्धेश्यसहित संस्थाले सवारी चालक प्रशिक्षण शुरु गरेको हो दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए ।

    नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याईएको थापाले बताए । चितवन तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्याउने उद्धेश्यले सञ्चालनमा ल्याईएको थापाको भनाई छ ं ।
    अत्यधुनिक पूर्वाधार सहित यो ड्राईभिङ्ग स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारी सहित काठमाडौं र स्थानीय युवा राजन क्षेत्री , विवेक जंग थापा र रामनारायण घिमिरेले करीब करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन् ।

    अत्यधुनिक पूर्वाधार र सेवा सहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षक द्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।

    प्रशिक्षार्थीको माग र आवश्यकता अनुसार भविष्यमा अन्य सवारी साधनको लागि पनि प्रशिक्षण दिने तयारी संस्थाले गरेको छ ।

    आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताए । यस स्कुललाई देशकै नमुना

    ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ । भविष्यमा अन्य जिल्लामा पनि शाखा विस्तार गरी दक्ष चालक उत्पादन गरी दुर्घटना न्यूनिकरण गर्दै सवारी आगवनमा सहज पुग्ने ध्येयका साथ अघि बढ्ने संस्थाको योजना रहेको छ ।

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.