• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

नेपाल वातावरण पत्रकार समूहद्धारा वातावरणीय विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • मनोज गिरी ,काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ ।

    त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै नेवापसले अघि सारेका कार्यहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले नेवापसले समसामयिक वातावरणीय मुद्दाहरूलाई निकै मेहनतसाथ र मार्मिक रूपमा प्रस्तुत गरेकामा धन्यवाद समेत दिनुभयो ।

    नेवापसको ज्ञापनपत्रमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय भएको जनाउँदै भौगोलिक बनोट र गरिबीले गर्दा नेपाल यस समस्याबाट प्रभावित मुलुकहरूको अग्रस्थानमा रहेको उल्लेख छ ।

    ज्ञापनपत्रमा भनिएको छ, “जलवायु परिवर्तनमा नेपालको खासै भूमिका नभए पनि नेपालमा यसबाट पर्ने असरहरू भने अरू सरह बेहोर्नुपर्ने छ । यो अवस्था नेपालजस्तो कमजोर आर्थिक तथा भौतिक पूर्वाधार एवं प्राकृतिक र हिमालयमा पर्ने प्रभाव हाम्रो लागि सङ्कटको विषय बन्नेछ । नेपालको शिरशोभाका रूपमा रहेका यी हिम पर्वतहरूमा हिउँ रहेन भने भविष्यमा नेपालले पर्यटनबाट प्राप्त गर्ने ठूलो आयस्रोत गुमाउनुपर्ने निश्चित छ । त्यसैगरी दक्षिण एसियाको वाटर टावर भनिने हिमालको हिउँ लोप हुने मात्र होइन, विश्वको एक तिहाइ जनसङ्ख्या पिउने पानीबाट समेत वञ्चित हुने खतरा छ ।”

    हिमनदीहरू पग्लने र त्यसको प्रभाव हिमताल विस्फोटन हुने हाम्रो अघिल्तिरको अर्को विपत्तिको सूचक हो, एवं त्यतिखेर हाम्रा थुप्रै नदीमा बनेका बाँध र नदी आसपासका बस्तीहरूको भविष्य अनिश्चित बन्ने खतरा छ भन्दै ज्ञापनपत्रमा यसले जलविद्युत्मा गरिने लगानीका सम्भावनाहरूमा ठूलो प्रश्न उठ्ने र कतै बाढी त कतै पानीको स्रोत सुक्दै गएको अवस्था छ भनिएको छ ।

    ज्ञापनपत्रमा मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक (मेलम्ची)लगायतका स्थानहरूमा देखिएका प्राकृतिक प्रकोपहरूले जलवायु परिवर्तनका उच्चतम प्रभावहरूलाई पुष्टि गरेको तथा नेपालको प्राकृतिक प्रकोपको चक्रले बर्सेनि खाद्य सुरक्षा, जैविक विविधता, खानेपानी, कृषि, महामारीलगायत मानिसको जीविकोपार्जनमा हरेक वर्ष नयाँ नयाँ चुनौतीहरू थपिँदै गएका भन्दै यसबाट बर्सेनि मानवीय क्षति पनि भइरहेको छ र यसमा पनि बालबालिका तथा महिलाहरू अझ बढी प्रभावित छन् भनिएको छ ।

    नेपालको सामुदायिक वनलाई विश्व समुदायमा नमुनाका रूपमा लिन थालिएकै बेला चुरे र तराई क्षेत्रमा भने वन विनाशको व्यथा घट्नुको सट्टा बढिरहेको, नेपालका वनमा रहेका स्रोतहरू कुहिने र ह्रास हुने क्रम बढिरहेको, विदेशबाट बर्सेनि अर्बौँ रुपैयाँका काठ आयात भइरहेको तथा नेपालका प्राकृतिक स्रोतका रूपमा रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण र सदुपयोगसमेत हुन सकिरहेको छैन, ज्ञापनपत्रमा भनिएको छ ।

    नेवापसले विगत ३७ वर्षदेखि वातावरण संरक्षण र दिगो विकासका बारेमा जनचेतना जगाउन सञ्चारका विभिन्न माध्यममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि त्यस अवसरमा अवगत गराइएको थियो ।

    समूहले यो वर्ष सन् २०२३ नेपालमा संरक्षण क्षेत्रको ५०औँ वर्षगाँठको अवसरमा विविध कार्यक्रम गर्ने तथा वातावरण क्षेत्रमा कलम चलाउँदै आएका दक्षिण पूर्वी एसिया र अन्य केही मुलुकका पत्रकारहरूलाई नेपालमा भेला गराएर नेपालका जलवायुजन्य मुद्दाहरूमा केन्द्रित रहेर स्थानीय, राष्ट्रिय सञ्चारमाध्यमदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट संसारभरि सूचना सम्प्रेषण गर्ने लक्ष्य लिएको पनि जानकारी गराएको थियो ।

    वरिष्ठ पत्रकार भैरव रिसाल, समूहका अध्यक्ष रोशनी अधिकारी समेत समूहका पदाधिकारीको नेतृत्वमा गएको टोलीले त्यस अवसरमा प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीत्वकाल सफल हुने भन्दै बधाई एवं शुभकामना दिएको थियो ।

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.