• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

३० प्रतिशत छुटका साथ लायन्सचोकमा सञ्चालनमा आयो ‘गुरुङ मःमः सरकार एण्ड क्याफे’


  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
  • नारायणगढ । भारतको गुजरातस्थित सुरत शहरमा सन् २००७ देखि आफ्नो सेवा दिदै आईरहेको गुरुङ मःमः सरकार एण्ड क्याफेले लायन्सचोक, नारायणगढबाट आफ्नो सेवाको शुभारम्भ गरेको छ ।
    सोमबार कार्यक्रमका प्रमुख अतिथि युवा उद्यमी, समाजसेवी एवम् चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले क्याफेको एक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो ।
    समुद्धघाटन पछि बोल्दै प्रमुख अतिथि घिमिरेले छिमेकी राष्ट्र भारतमा लामो समयदेखि व्यवसायिक यात्रा शुरु गरी हाल चितवनमानै केही गर्ने उद्देश्यका साथ आफ्नो सेवा शुरु गरेकोमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    Advertisement

    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि निलकण्ठ नगरपालिका धादिङ वडा नंम्बर १४ का अध्यक्ष नवराज दुवाडीले चितवनका ग्राहकहरुलाई गुरुङ मःमः सरकार एण्ड क्याफेले भिन्न स्वादमा विभिन्न परिकारहरु उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा व्यवसायी गुरुङले रेष्टुरेण्ट व्यवसायमा गर्नुभएको लामो अनुभवका कारण पनि क्याफेले सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने बताउनुभयो ।
    चितवनमा विगत केही महिनादेखि मःमः का पारखीहरुलाई आफ्नो उत्पादनहरुको स्वाद चखाउँदै आएको क्याफेले नेपालमा पहिलो शाखाको रुपमा चितवनबाट शुरु गरेको सञ्चालक एवम् मःमः सेफ राजेश गुरुङले बताउनुभयो ।

    भारतमा रहंँदा एकलाख असी हजार भारतीय रुपैयाँबाट आफ्नो व्यवसाय यात्रा शुरु गरेको क्याफेले शुरुको दिन साठी रुपैयाँको व्यापार गरेको थियो । व्यापारको क्रम बढ्दै जाँदा मःमःका पारखीहरु बढ्दै गएपछि भारतकै विभिन्न स्थानमा ४ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुको मन जित्दै आएको छ । ४ वटा शाखाहरुमा ३२ देखि ३५ जना कर्मचारीहरुले रोजगारी समेत पाएका छन् ।

    भारतमा अत्याधिक रुचाइएको मःमःको ब्राण्डलाई नेपालमा पनि ल्याउनु पर्छ भन्ने मान्यता राख्दै सञ्चालकहरुले यहांँबाट सेवा प्रदान गर्ने उद्देश्यका साथ सोमबारदेखि नेपालमै पहिलो शाखाको रुपमा शुभारम्भ गरिएको सञ्चालक राजेश गुरुङले बताउनुभयो ।

    ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको गुरुङ्ग मःमः सरकार एण्ड क्याफे ,गुरुङ चाइनिज कर्नर,मा कुरकुरे मःमः, झोल मःमः, फ्राईस राईस, पनिर चिल्ली, नुडल्स, काटी रोल लगायतका चाइनिज फुडहरुको समेत स्वाद लिन पाईन्छ ।

    भारतमा धेरै भन्दा धेरै रुचाइएको तन्दुरी मःमः यहाँको प्रमुख विशेषता रहेको हुँदा यसलाई छिट्टै ग्राहक सामु ल्याउने सञ्चालकको दावी छ । यहांँका ममःका परिकार दक्ष सेफबाट तयार गरिने र सरसफाईलाई विशेष ध्यानमा राखी ग्राहकहरुलाई सेवा दिने उद्देश्य रहेको सञ्चालकहरुले बताए । हाल चितवनको एक स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको गुरुङस मःमः सरकार एण्ड क्याफेले चितवन लगायत नेपालका अन्य स्थानहरुमा समेत आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ ।

    शुभारम्भको अवसर पारेर एक सातासम्म हरेक परिकारहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक राजेश गुरुङले जानकारी दिनुभयो ।

    सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.