• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा ४ सय पशुको निःशुल्क स्वास्थ्य परीक्षण : सबैभन्दा बढी छाला संक्रमित


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो । शिविरमा ४ सय १० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार १ सय ६५ वटा गाई, २३ वटा भैसी, १२ वटा कुकुर, २ सय १० वटा बाख्राको स्वास्थ्य परीक्षण गरिएको हो ।

    Advertisement

    शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्रध्यापक डा शत्रुघन शाह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव शाह, सपना यादवको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
    डा. शत्रुघन शाहका अनुसार स्वास्थ्य परीक्षणका क्रममा किसानहरुलाई गोठ सुधार्न र सरसफाईमा ध्यान दिन सुझाइएको बताए । शिविरमा छाला संक्रमण भएका पशुहरु परीक्षणका लागि धेरै आएका थिए । केही पशुहरुमा आँखामा समेत संक्रमण देखिएको थियो ।

    बाँझोपन भएका गाईभैसी पनि उपचारका लागि किसानहरुले ल्याएका थिए । कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन पनि लगाइएको थियो । परालमा मात्रै नभई घाँस खेती गरेर घाँसमा आधारित पशुपालन गर्न आग्रह गरिएको बताए । उनका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुहरुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) समेत गरेर गर्भावस्था भएका पशुहरुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुहरुलाई सर्जरीका लागि सिफारिस गरिएको थियो ।

    कार्यक्रममा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीका अध्यक्ष केशव पण्डीत, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, व्यवसायीक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले पशुपंक्षी तथा कृषि क्षेत्रका लागि बजेट दोब्बर गरिने बताए ।
    कृषक समाजका केन्द्रीय अध्यक्ष न्यूरेले किसानले पाउने गरी दूधको मूल्य वृद्धि भएकोमा भन्दै प्रशंसा गरे ।
    उनले दूध उत्पादन लागत घटाउन सरकारी कार्यक्रमहरु आउनुपर्ने बताए । प्रेमवस्ती दुग्ध सहकारीमा १ सय ५१ जना आवद्ध छन् । दैनिक २ सय लिटर बढी दूध बेच्ने ३ वटा फर्महरु छन् ।

    सहकारीकै नमुना फर्ममा दैनिक ७ सय बढी लिटर दूध उत्पादन हुनेगर्छ । प्रेमवस्ती दुग्धसहकारीले ५ सय गाई, ५ सय भैसी पाल्ने लक्ष्य सहित अन्र्तराष्ट्रिय स्तरको डेरी सहकारी चलाउने लक्ष्य लिएको छ ।

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.