• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

च्याङग्राको भुवा गुणस्तर विश्लेषण गर्न मुस्ताङमा तालिम


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूलाई भूवाको नमूना संकलन तालिम शुरू भएको छ । एक साता लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गएर तालिमप्राप्त ती किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्याङग्राको भूवा नमूना संकलन गर्ने कार्यक्रम छ । नेपालमा पहिलो पटक गर्न लागिएको च्याङग्रा रेशा गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ ।

    Advertisement

    युरोपियन युनियन सहयोगमा संचालित इयु–नेपालव्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमामुस्ताङकोघारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गरी चार गाउँपालिकामा यो तालिम तथा भूवा संकलन कार्यक्रम संचालन गरिंदैछ । मुस्ताङमा उत्पादन हुने च्याङग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भूवाको नमुना महत्वपूर्ण रहेको छ ।

    उच्च गुणस्तरको ठानिएको नेपाली च्याङग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । त्यसैले च्याङ्ग्रापालक कृषकहरूबाट सङ्कलन हुने भूवाको गुणस्तरबारे क्रेताहरू जानकार हुनु आवश्यक छ । कृषकहरूका १६० वटा गोठमा रहेका च्याङ्ग्रा बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनौट गरिनेछ । सङ्कलित नमुनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइवर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइनेछ ।

    यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यका ओडिसा सेन्टर लिमिटेका डा.क्यारोल कर्भिङले आठजना स्थानीय ऊन सङ्कलक किसानहरूलाई ऊनकात्नेतालिमदिंदैछन्। तालिमका सहभागीहरूले यस अघि सन २०२२मा गुणस्तरीय कश्मीरी ऊन कात्ने तालिमपाइसकेका छन्।“नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङग्रा भूवाको नमूना संकलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्य श्रृखलालाई मजबुत बनाउन यो च्याङग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भूवा संकलन कार्यक्रम आयोजना गरिएको हो,”प्रशिक्षक क्यारोलले भनिन् ।

    स्थानीय स्तरमा उक्त तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले संकलित भूवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए । चैत ८ देखि १३ गते सम्म च्याङ्ग्रा भूवा संकलन तालिम र त्यसको लगत्तै चैत १४ देखि २२ सम्म भूवा नमूना संकलन गरिदैछ ।

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.