• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सिएमटी रिसोर्टमा ९९९ रुपैयांँमा चौरासी व्यञ्जन खाना


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर स्थित चितवन मिडटाउन ( सिएमटी) रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न चौरासी व्यञ्जन (खाना) को सेवा शुरु गरिएको छ । नेपाली मौलिक खानाको संरक्षण र प्रर्वद्धन गर्न उक्त अफर शुरु गरिएको छ । सोमबार सांँझ रिसोर्टले पत्रकार सम्मेलन गरी हरेक सोमबार उक्त सेवा दिन थालिएको जानकारी दिएको हो ।

    Advertisement

    सो अवसरमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले सुस्ताएको पर्यटनलाई उकास्न र नेपाली मौलिक खानाको स्वाद दिने उद्धेश्यले यो सेवा शुरु गरेको बताउनु भयो । ‘यो रिसोर्ट सीटी होटल हो यहांँ सबै वर्ग तहका आन्तरिक तथा बाह्य पर्यटकले सेवा लिन सक्नेछन , उहांँले भन्नुभयो , यो नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्य हो ।’ विदेशी खानाले प्रश्रय पाईरहेको समयमा नेपाली मौलीक खानाको अर्गानिक स्वाद दिने उद्धेश्य सहित सेवा शुरु गरिएको उहाांको भनाई छ । चौरासी व्यञ्जनमा ग्राहकले ८४ प्रकारका खानाको स्वाद लिन सक्नेछन । ८४ व्यञ्जनमा शाकाहारी र मांसाहारी खाना सहित स्न्याक्स, सुप, मिठाई लगायतका परिकार समावेश गरिएको छ । यस सेवालाई आकर्षण गर्न न्यूनतम मुल्य लागु गरिएको उहांँले बताउनु भयो ।
    जसअनुसार सिंगल ग्राहकलाई यो व्यञ्जनको लागि १३००÷– रुपैंया, कपलको लागि २५००÷– र किड्सको लागि ९९९ रुपैंया शुल्क तोकिएको छ ।

    नेपाली मौलिक स्वाद पारखी र परिवारलाई पनि लक्षित गरी यो सेवा शुरु गरिएको प्रबन्ध निर्देशक मदन घिमिरेले बताउनु भयो । ‘समय र ग्राहकको माग अनुसार हामीले यो सेवा शुरु गरेका छौं, घिमिरेले भन्नुभयो , आगामी दिनमा ग्राहकको चाहना बमोजिम अन्य सेवा पनि शुरु गर्दै लानेछौं ।’ अहिले आर्थिक मन्दीबाट सबै प्रताडित र व्यस्त पनि छन , उहांँले थप्नुभयो, यसले केही राहत र सन्तुष्टी दिन्छ भन्ने हाम्रो अपेक्षा हो ।’ भविष्यमा व्यञ्जनको साथमा नेपाली सांगितिक कार्यक्रमलाई पनि जोड्दै लगिने उहांँको भनाई छ ।

    २०७६ सालबाट निर्माण कार्य रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीन वटा हल रहेका छन् । एकै पटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप , स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलो पटक युरोपियन प्रविधिको किचन र वातावरणमैत्री बिजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको छ ।

    राजमार्ग र भरतपुर शहरलाई लक्षित गरी विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको घिमिरेको भनाई छ । रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ वटा रुम रहेको र छ रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको छ ।
    एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई चितवन हल, मीडहल र टाउनहल गरी तीनभागमा वर्गीकृत गरिएको छ ।

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.