चितवन । जय जन्मभूमि पार्टीका बरिष्ठ उपाध्यक्ष भूपेन्द्र बस्नेतले निर्वाचनमा जनताको मन जित्नु आबश्यक रहेको बताउनुभयो । जनताको समस्या बुझ्न नसक्ने दलहरुलाई बिदाईका लागि यश पार्टीको स्थापना भएको बताउनुभयो । पूर्व सैनिकहरु मिलेर बनेको यस पार्टीले देशको परिवर्तन गर्न सक्नुपर्ने उहांँले बताउनुभयो ।
जनताको मन जित्नका लागि समस्या पहिचान महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । अहिलेको गठवन्धन गठवन्धन नभई ठग वन्धन भएको उहाँको टिप्पणी थियो । कार्यक्रममा जय जन्मभूमि पार्टीका उम्मेद्वार प्रेम वहादुर खड्काले बुलेटको लडाईबाट अब व्यालेटको लडाई पनि जित्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सधै जनताको रक्षाका लागि खटिएको व्यक्ति अब जनताको सहयोगीको रुपमा काम गर्न सक्छौ ।’ सैनिकको सोझोपनको फाईदा उठाउने काम भएको भन्दै उहाँले अब त्यो सह्य नहुने बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का संयोजक जयनारायण सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहभागी भूपु सैनिकहरुले आफ्ना उम्मेदवारलाई बिजयी गराउन लागि पर्ने बताउनुभएको थियो ।