चितवन । चितवनमा रहेका तीनवटा क्याम्पस उद्यमशील सहायता कार्यक्रममा छानिएका छन । विश्वविद्यालय अनुदान आयोगले देशभर १८ वटा क्याम्पस छानिएसंँगै चितवनका सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर , शहीद स्मृति क्याम्पस रत्ननगर र प्रेसिडेन्सी कलेज अफ मेनेज्मेण्ट भरतपुर छनौटमा परेका हुन् । शुक्रबार भरतपुरमा तीनवटा क्याम्पस प्रमुखले पत्रकार सम्मेलन गरी यो बिषयमा जानकारी दिईएको हो । तीनवटा क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रमको लागि जेठ १० गतेबाट आवेदन माग गरिएको छ । रोजगारी र उद्यमशीलतालाई जोड्न ६ अर्ब ऋण लिएर उक्त परियोजना शुरु गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
सो अवसरमा बोल्दै प्रेसिडेन्सी कलेजका प्रमुख चोक बहादुर क्षेत्रीले क्याम्पसमा पढाईने सैदान्तिक शिक्षा संँगै विद्यार्थीलाई उद्यमशिलतामा रुपान्तरण गर्न यो परियोजना ल्याईएको बताए । पीपीपी मोडलमा काम शुरु भएको र ब्रेन ड्रेनको अवधारणा अघि सारिएको उनको भनाई छ । उनका अनुसार प्रतिक्याम्पस ३० जना विद्यार्थी, पूर्व विद्यार्थी र पूर्व विद्यार्थीले उद्यमशिलतामा सहभागी हुन पाउनेछन । प्रतिव्यक्ति ५ लाख देखि ४० लाखसम्म उद्यममा उद्यमीले यसको ४० प्रतिशत रकम आफैं लगानी गर्नुपर्ने र पांँचबर्ष पछि फिर्ता गर्नुपर्ने उनले जानकारी दिए । दिईएको लगानी निशुल्क व्याजदरमा प्रयोग गर्न पाईनेछ ।
आवेदकको आवदेन प्राप्त भईसकेपछि प्राप्त प्रस्ताव र आईडियाको आधारमा ऋण अनुदान उपलब्ध गराईने सप्तगण्डकी क्याम्पस प्रमुख मणिराज महत्तोले जानकारी दिए । छानिएका आवेदनलाई आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान व्यवसायको प्रगति र प्रकृति अनुसार किस्ताबन्दीमा उपलब्ध हुनेछ । छनौट समितिले निश्चित मापदण्ड र प्रक्रिया पुरा गरेका उद्यमी छनौट भईसकेपछि उनीहरुलाई ४५ घण्टाको तालिम उपलब्ध गराईने महत्तोले बताए ।
चितवनलाई आर्थिक विकास, उद्यमशिलता र नवप्रवर्तनको केन्द्र बनाउन यो कार्यक्रम लक्षित रहेको शहिद स्मृति क्याम्पस प्रमुख बृद्धिराज सेढाईंले बताए । चितवनको कृषि, पर्यटन लगायतका संभावनलाई लक्षित गरी परियोजना लागु हुने सेढाईंको भनाई छ । यो परियोजनामा सहभागी हुन न्यूनतम दशजोड दुईको तह पास गर्नुपर्नेछ । यो योजना सन् २०२६ सम्म चल्ने र प्रभावकारी बन्दै गएमा यसले निरन्तरता पाउँदै जाने समेत उनले बताए ।आवेदन जेठ १० गते शुरु भएको समयबाट १५ दिनसम्म कायम गरिएको छ ।
।’