• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मनाङमा च्याङग्रा भूवा संकलनमा किसानलाई प्रशिक्षण


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • मनाङ । पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याड्ग्राको भूवा संकलनवृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानहरूलाई च्याङ्ग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानहरूले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।

    Advertisement

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतथा युरोपियन युनियनको सहयोगमा संचालित इयु-नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा मनाङको नार्पाभूमि गाउँपालिकाको स्थानीय संयोजनमा च्याङ्ग्रापालक किसानहरूका लागिभूवा संकलन सम्बन्धी अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम आयोजनागरिएको हो ।

    गत वर्ष इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक सहयोगमा मुस्ताङमा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित भएका नेपाली प्रशिक्षकद्धारा मनाङका किसानलाई भुवा संकलनको आधुनिक विधिबारे तालिम दिइएको हो । आइतवारमनाङको नारमा सम्पन्न उक्त तालिममा २१ जना च्याङग्रापालक किसानहरू सहभागी रहेको जनाइएको छ ।

    तालिमका अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले च्याङग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे धेरै किसानहरूमा अझै ज्ञानको अभाव भएको अवस्थामा यस किसिमको तालिमले आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारे जानकारी हुन गइ आगामी दिनमा नेपाली पश्मिनाका लागि चाहिने कच्चा पदार्थ भूवाको उत्पादन स्वदेशमा नै वृद्धि सकिने बताउनु भयो । “तालिमबाट स्थानीय किसानले च्याङग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे जानकारीमात्र होइन भूवा झिक्ने कामलाई कसरी आधुनिक विधि र उपकरणबाट सहज बनाउन सकिन्छ भन्नेबारे बुझ्ने अवसर चाङ्ग्रा किसानले पाए ।

    यस्ता तलिमले स्वदेशमै भूवा उत्पादनको मात्रा र गुणस्तर दुबै बढाउन सकिने देखिन्छ” कार्कीले भन्नुभयो । उक्त गाउँपालिकाका जनप्रतिनिधिहरूले च्याङग्रापालक किसानको क्षमता अभिवृद्धि मार्फत भूवा उत्पादन वृद्धिका लागिस्थानीय सरकार र अन्य सरोकारवाला निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।

    तालिमको अवसरमा आधुनिक तरिकाले भूवा निकाल्नको लागि प्रयोग हुने २० थान काइँयो स्थानीय जनप्रतिनिधिहरूमार्फत किसानहरूलाई वितरण गरिएको थियो ।सरकारले हालै सार्वजनिक गरेको पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले पनि च्याङग्रा पालन प्रवर्द्धन मार्फत भूवा तथा तयारी पश्मिना उत्पादनलाई बढोत्तरी गर्दै सन् २०२६ सम्ममा नेपालबाट पश्चिमना निर्यात७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । सन् २०२१ मा नेपालबाट कुल १.९३ करोड अमेरिकी डलर बराबरको तयारी पश्मिना निर्यात भएको थियो ।

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.