• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गैंडाकोटमा खुल्यो सस्तो र स्वस्थ परिकारका लागि ‘मकैघर’


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । राजमार्गका यात्रुहरु र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आईतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्धेश्य सहित मकैघर सञ्चालनमा ल्याएको बताए । उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको पानी पुडी, मकैको सातु , मकैको पकौडा लगायतका परिकार पाईन्छन । यस्तै मकैसंँग खान मिल्न गरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरु ग्राहकलाई उपलब्ध गरिएको उनले बताए । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाईने खाजा पनि छ । यो सस्तो पनि छ स्वस्थ पनि छ ।’ सापकोटाले भने ।

    Advertisement

    राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यवसायिक रुपले सेवा दिन यो अवधारणा ल्याईएको उनले बताए । मकै पोल्न , उसिन्न उनले राष्ट्रिय आविस्कार केन्द्रबाट तयार पारिएका मेशीन ल्याएका छन । ‘म संँग अहिले आविस्कार केन्द्रबाट ल्याईएका ग्यांँसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन, उनले भने, ग्राहकको अगाडि ग्राहककै ईच्छा अनुसार मकैका परिकार दिनेछौं ।’ मेशीनबाट पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनको भनाई छ ।

    हाल दैनिक जसो दुईसयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उनले बताए । ‘हामीकहांँ बिहान देखि बेलुका सम्म खाजा खाने , प्याकिङ्ग लैजाने ग्राहक आउने गर्नुभएको छ , उनले भने, यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’
    १५ लाख लगानीमा सञ्चालनमा ल्याईएको मकैघरमा मकै पारखीहरु चितवन र राजमार्गमा गुड्ने ठूला देखि साना सवारीका यात्रु हुने गरेको उनले बताए ।

    हाल पांँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकैपटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रर्वद्धन पनि गर्छ, उनले भने, नयांँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’ छिट्टैनै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भैरहेको उनले जानकारी दिए ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.