• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नेपालमा पहिलो पटक काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन हुँदै


  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवर्द्धन गर्ने मुल उद्देश्यले नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुँदैछ । आगामी असार २ देखि ५ गतेसम्म काठमाडौं नयाँबजारमा ‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ आयोजना हुन लागेको हो ।

    Advertisement

    नेपाल कफी व्यवसायी महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, , युरोपियन युनियनको सहयोगमा संचालित व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सम्मेलन तथा प्रदर्शनीको संचालन गर्दैछ ।

    ‘ नेपाली कफी माग स्वदेशी तथा विदेशी बजारमा व्यापक रूपमा बढ्दै गए पनि यसको उत्पादन तथा निर्यात बढाउन नसकिएको अवस्थामा यसक्षेत्रको समग्र मूल्य श्रींखलालाई मजवुत बनाउने उपयहरूको खोजी गर्ने तथा अवसरको पहिचान गर्न यो सम्मेलन तथा प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो’यस सम्बन्धी सोमवार आयोजित पत्रकार सम्मेलनमा नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारीले भने ।

    यस व्यवसायमा युवा तथा महिलाको आकर्षण बढाउन पनि यो सम्मेलन सहयोगी हुने उनले विश्वास व्यक्त गरे । आन्तरिक एवं वाहय बजार प्रर्वद्धन गर्ने, कफी क्षेत्र विकास प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानूनी विषयमा वहस गर्ने तथा उद्यमी व्यवसायीका वस्तु तथा सेवाहरुको प्रर्दशनी गर्ने उद्देश्य पनि सम्मेलनको छ । नेपालमा कुल १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि केवल ३३०० हेक्टरको हाराहारीमामात्र खेती हुने गरेको छ ।

    सम्मेलनमा कफी उत्पादकहरु, उपकरण निर्माताहरु, निर्यातकर्ताहरु र अन्य कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुलाई आफ्ना उत्पादनहरु प्रदर्शन हुनुका साथै यसक्षेत्रका प्रयोग हुने मेसिनरीहरु, रोस्टिङ प्रविधिहरु, प्याकेजिङग समानहरु अवलोकन गर्ने अवसर आगन्तुकहरूले पाउने जनाइएको छ ।

    नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् । नेपालमा उदाउँदो निर्यातमूलक क्षेत्रको रूपमा रहेको कफी व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजार भन्दा बढीलाई रोजगारी दिंदै आएको महासंघका महासचिव सन्तोष पोखरेलले जानकारी दिए ।

    सम्मेलनले कफी उत्पादकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्यमी व्यवसायीहरुसँग सम्पर्क स्थापित गर्न र बजार पहुँच विस्तार गर्न अवसरहरु सिर्जना गर्ने विश्वास लिइएको छ ।नेपालमा ४२ जिल्लामा कफी खेतीको संभावना भए पनि त्यसको करीब आधा जिल्लामा मात्र व्यवसायिक खेती हुने गरेको छ।

    मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.