सूर्यप्रसाद अधिकारी, चितवन । युवा उद्यमी एवं व्यवसायीको संयुक्त लगानीमा सञ्चालित चेन होटल दियालो फुडल्याण्डले छुट अफर सार्वजनिक गरेको छ । होटलको चितवन शाखाले नियमित ग्राहक र नयांँ ग्राहकलाई आकर्षित गर्न उक्त योजना ल्याएको हो । होटलले ग्राहकको लागि गोल्ड डिस्काउण्ट कार्ड र सिल्भर डिस्काउण्ट कार्ड वितरण गर्न शुरु गरेको होटलका प्रबन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए ।
नियमित, पुराना ग्राहकको लागि गोल्ड कार्ड र नयांँ ग्राहकको लागि सिल्भर डिस्काउण्ट कार्ड निशुल्क रुपमा वितरण गर्न शुरु गरिएको छ । गोल्ड डिस्काउण्ट कार्डमा ग्राहकले फुड आइटममा १५ प्रतिशत छुट सेवा र वेभरेज मा ५ प्रतिशत छुट पाउनेछन भने सिल्भर कार्डमा फुडमा १० प्रशित छुट सेवा पाउनेछन ।
स्थानीय उद्योगी व्यवसायी, नीजि तथा ग्रैह सरकारी संस्था र विभिन्न पेशागत ग्राहकलाई आकर्षण गर्न यो छुट योजना ल्याईएको प्रबन्ध निर्देशक अधिकारीले बताए । ‘डिस्काउण्ट कार्ड दिंँदा ग्राहकले अपनत्व पनि गर्छन । नियमित आउने र छुट सुविधा पनि प्राप्त गर्छन ।’ अधिकारीले भने ।
कार्ड चितवन शाखाबाट लिएपनि यो कार्डबाट दियालोको अन्य शाखामा पनि छुट सुविधा पाईनेछ ।
दियालोको हाल काठमाडौको बसुन्धरा र शेषमति बुटवलको मिलन चोक र कालीकानगर र चितवनको नारायणगढमा सञ्चालित छन ।
डिस्काउण्ट सुविधासंँगै ग्राहकको आर्कषण बढ्न थालेको होटलका महाप्रबन्धक शंकर न्यौपानेले बताए ।
‘हामीले ग्राहकलाई सहुलियत र गुणस्तरीय सेवा दिने उद्धेश्य हो, न्यौपानेले भने, सबै क्षेत्र र सबै वर्गका ग्राहकलाई समेट्ने प्रयास गरेका हौं ।’ ग्राहकले लिएको सेवाको आधारमा आगामी दिनमा गिफ्ट भौचरको पनि व्यवस्था गरिने महाप्रबन्धक न्यौपानेको भनाई छ ।
करीब २ विघा क्षेत्रफलमा ओगटेको यस होटलमा तीनहजार अट्ने क्षमताको ठूला सभाहल तथा ३० जना सम्म अट्ने मिटिङ्ग हल, १९ वटा स्वीट रुम साना ठूला गरी एकजारवटा सवारीसाधन अट्ने पार्किङ्ग सुविधा छ ।
ईन्डियन चाईनिज, कन्टिनेन्टल र नेपाली खाना लगायत अन्य परिकार पाईने यहांँको रेष्टुरेण्टमा एकैपटक सयजनालाई सेवा दिने क्षमता छ ।
होटलले आगामी आर्थिक बर्षसम्म अन्य ठूला शहरमा शाखा थप गरी १० वटा शाखा पुर्याउने योजना राखेको प्रबन्ध निर्देशक अधिकारीको भनाई छ । हालसम्म सबै शाखागरी १ अर्ब भन्दा बढी लगानी भईसकेको र नारायणगढ शाखामा मात्रै १७ करोड लगानी भएको उनले बताए । होटलको नारायणगढ शाखामा मात्रै ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।