• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्द्धनमा सहकार्यका लागि नेपाल र मंगोलियाबीच सहमतिपत्रमा हस्ताक्षर


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • उलानबाटोर ( मंगोलिया ) । नेपालमा पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण एवं यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरू सहमत भएका छन् । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलप्मेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्री (Research and Development Institute of Light Industry (RDILI) बीच यस विषयमा बुधबार समझदारीपत्र ( MoU) भयो । उक्त समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर र RDILI को तर्फबाट निर्देशक Turmunkh Togmidले हस्ताक्षर गर्नुभएको थियो ।

    Advertisement

    समझदारी अन्तरगत नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो,अर्ध प्रशोधित भूवा तथा ऊनबाट बनेका उत्पादनहरूको नमूनाहरूलाई RDILI मा गुणस्तर परीक्षण तथा विश्लेशण गर्ने एवं यस व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदान प्रदान गर्नेछन् । हस्ताक्षर भएको दिन देखि लागू भएको यो सहमतीको अवधि ५ वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा यसको अवधि बढाउन सकिनेछ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योग ( Ministry of Food, Agriculture and Light Industry ) का राज्य सचिव Jambaltseren Tumur-Uyaको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

    अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरम २०२३( World Export Development Forum- WEDF 2023 ) मा नेपाली सरकारी उच्च अधिकारी तथा निजीक्षेत्रको प्रतिनिधि सम्मिलित प्रतिनिधमण्डल सहभागीताको अवसरमा उक्त समझदारी भएको हो ।

    चार दिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यवसायिक आवाज, व्यवसायीहरूबीचको बैठक, उद्यममा यूवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तन सहित डिजिटल रूपान्तरण लगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधिहरू , विज्ञहरूबीच विभिन्न छलफल सत्रहरू संचालन भएका थिए ।

    युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीहरूलाई उक्त सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको हो । सोमबार सुरू भएको उक्त सम्मेलनमा निर्यात प्रवर्धनसँग सम्बन्धित विभिन्न छलफल सत्रहरू तथा व्यवसायिक सम्पर्क ( networking) का कार्यक्रमहरू संचालन भएका थिए ।

    उक्त अवसरमा सचिव मरासिनीले ऊन तथा भूवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पश्मिना व्यवसायीहरूले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासको लागि यस समझदारी महत्वपूर्ण रहेको बताउनुभयो । RDILI का निर्देशक Jambaltseren Tumur-Uya ले मंगोलियासँग सहकार्यको समझदारीले नेपालमा नेपाली कास्मिरी उत्पादनको गुणस्तरीयता परिक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलकबीच व्यवसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानको लागि ढोका खोलिएको बताउनु भयो ।

    पश्मिना उद्योग संघका अध्यक्ष दुगरलेकास्मिरी तथा ऊन जन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मंगोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर यस समझदारीले दिएको बताउनु भयो ।
    वाणिज्य सचिव र मंगोलियाली राज्य सचिव भूपरिवेष्ठित राष्ट्रका साझा समस्याबारे कुराकानी

    यसैबीच नेपाल सरकारका सचिव मरासिनी र मंगोलियाका राज्य सचिव Jambaltseren Tumur-Uya बीच अन्तर्राष्ट्रिय मंचहरूमा भूपरिवेष्ठित राष्टको हितको लागि उठाइनु पर्ने आवाज बारे कुराकानी भयो ।पश्चिमना तथा ऊनको क्षेत्रमा दुबै देशका निजीक्षेत्रबीच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्ठित विकासशीलराष्ट्रहरू ( Landlocked DevelopingCountries- LLDCs)ले भोगिरहेका साझा समस्याहरू तथा चुनौतिबारे अन्तर्राष्ट्रिय मन्चमा उठ्ने आवाजमा दुबै मुलुकले एक्यवद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो ।

    साथै,दुवै सचिवबीच सन् २०२४ मा रुवाण्डाको किगालीमा आयोजना हुने भूपरिवेष्ठित विकासशीलराष्ट्रहरूकोतेस्रो सम्मेलनलाई उत्पादनमुलक र फलदायी बनाउने विषयमा पनि विचार आदान प्रदान भएको थियो । वर्ड एक्सपोर्ट डेभलप्मेन्ट फोरमको अवसरमा भूपरिवेष्ठित विकासशीलराष्ट्रहरूको राष्ट्रिय फोकल पोइन्टहरूको बैठक पनि उलानबाटार हुँदैछ ।

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.