• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

नारायणगढको पुल्चोकमा बान्जाई एजुकेशन सञ्चालन


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • चितवन । जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो ।

    Advertisement

    दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गर्नुभयो । बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगालिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताउनुभयो । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने भन्दै वडाध्यक्ष थापाले काम गर्न जाने व्यक्ति भाषासँगै सीप सिकेर जानुपर्ने बताउनुभयो ।

    सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने थापाको भनाइ थियो । जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका दुई जना व्यक्तिले बान्जाई सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले आफू जापानमा भाषा अध्ययन गर्न गएर त्यहाँ ६ वर्ष बस्दा सिकेको व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीहरुलाई अध्ययन गराइने बताउनुभयो ।

    “विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ” उहाँले भन्नुभयो, “हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।” पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले बान्जाई सञ्चालनमा ल्याएको कँडेलको भनाइ छ ।

    अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बान्जाईमा निःशुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराइने उल्लेख गर्दै कँडेले विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
    “बान्जाईको ओपनिङका अवसरमा जापान अध्ययन जान चाहने विद्यार्थीलाई सेवा शुल्कमा २० प्रतिशतसम्म छुट प्रदान गरेका छौँ” उहाँले भन्नुभयो, “टाढाबाट आउने विद्यार्थीहरुका लागि सधैँ विशेष छुट प्रदान गर्नेछौँ ।” भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साप्ताहिक रुपमा परीक्षा लिँदै उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेसमेत उहाँको भनाइ छ । एउटा कक्षामा बढीमा १८ जना विद्यार्थी राखेर भाषा कक्षा अध्ययन गराइने भन्दै कँडेलले एउटा कक्षा दुई घण्टाको हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा बान्जाईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नति भुसालले आफू विसं २०५९ मा जापान गएर १० वर्ष अध्ययन गरेर फर्किएपछि शैक्षिक बान्जाई सञ्चालनमा ल्याएको बताउनुभयो । भुसालले जापान बस्दा अध्ययन गरेका विषयवस्तुसहित त्यहाँका कानुनी तथा सांस्कृतिक विषय समेटेर पुस्तक प्रकाशित गर्नुभएको छ । “जापान जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने भाषासम्बन्धी सबै ज्ञान पुस्तकमा समावेश गरेको छु” उहाँले भन्नुभयो, “हामीले सिधै जापानका स्कुलसँग सहकार्य गरेर विद्यार्थी भिषामा यहाँबाट विद्यार्थीहरु पठाउँछौँ ।”

    जापान अध्ययन गर्न जानका लागि कम्तीमा पनि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने भन्दै उहाँले अध्ययन ग्याप आठ वर्षसम्म हुनेलाई जापान पठाउन सकिने बताउनुभयो । “जापान जानका लागि भाषा महत्वपूर्ण हो, भाषामा निपूर्ण भएपछि एजुकेशन ग्यापलाई त हामी मिलाएर पठाउँछौँ” उहाँले भन्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.