• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारायणगढको पुल्चोकमा बान्जाई एजुकेशन सञ्चालन


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • चितवन । जापान जाने विद्यार्थीहरुलाई लक्षित गर्दै नारायणगढको पुलचोकमा बान्जाई एजुकेशन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । अध्ययनका लागि जापान जाने विद्यार्थी बढेसँगै उनीहरुलाई गुणस्तरीय शिक्षासँगै जापानको सांस्कृतिक, कानुनी विषयमा व्यवहारिक ज्ञान दिँदै गुणस्तरीय जापानिज भाषा अध्यापन गराउन बान्जाई सञ्चालनमा आएको हो ।

    Advertisement

    दुई हप्ता अघिदेखि भाषा अध्यापन गराउँदै आएको बान्जाईको आज बिहान भरतपुर–३ का वडाध्यक्ष विकास थापाले उद्घाटन गर्नुभयो । बान्जाईको उद्घाटनका क्रममा थापाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर त्यहाँको सांस्कृतिक र भौगालिक विषयबारे जानकारी गराउँदै वैदेशिक अध्ययनमा पठाउनुपर्ने बताउनुभयो । पढ्न जाने व्यक्ति राम्रोसँग भाषा अध्ययन गरेर जानुपर्ने भन्दै वडाध्यक्ष थापाले काम गर्न जाने व्यक्ति भाषासँगै सीप सिकेर जानुपर्ने बताउनुभयो ।

    सीप र भाषा दुवै जानेर वैदेशिक अध्ययन तथा रोजगारमा जाँदा काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी हुने थापाको भनाइ थियो । जापानमा भाषा अध्ययन गरेर लामो समय बसेका दुई जना व्यक्तिले बान्जाई सञ्चालन गरेका हुन् । उद्घाटनका क्रममा बान्जाईका प्रबन्ध निर्देशक ऋषि कँडेलले आफू जापानमा भाषा अध्ययन गर्न गएर त्यहाँ ६ वर्ष बस्दा सिकेको व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीहरुलाई अध्ययन गराइने बताउनुभयो ।

    “विद्यार्थीहरुको महत्वपूर्ण गन्तव्य जापान बनेको छ” उहाँले भन्नुभयो, “हामीले जापानीज भाषा पढाउनुका साथै जापान जाँदा र गएपछि त्यहाँ गर्नुपर्ने र गर्न नहुने कामका बारेमा विद्यार्थीलाई राम्रोसँग सिकाएर पठाउँछौँ ।” पछिल्लो समय विद्यार्थीहरुलाई प्रलोभनमा पारेर ठगी गर्ने प्रवृत्ति बढेको भन्दै यसप्रति सचेत भएर आफूहरुले बान्जाई सञ्चालनमा ल्याएको कँडेलको भनाइ छ ।

    अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बान्जाईमा निःशुल्क रुपमा अडियो, भिडियोको माध्यमबाट भाषा अध्ययन गराइने उल्लेख गर्दै कँडेले विद्यार्थीलाई पुस्तकसमेत निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
    “बान्जाईको ओपनिङका अवसरमा जापान अध्ययन जान चाहने विद्यार्थीलाई सेवा शुल्कमा २० प्रतिशतसम्म छुट प्रदान गरेका छौँ” उहाँले भन्नुभयो, “टाढाबाट आउने विद्यार्थीहरुका लागि सधैँ विशेष छुट प्रदान गर्नेछौँ ।” भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई साप्ताहिक रुपमा परीक्षा लिँदै उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेसमेत उहाँको भनाइ छ । एउटा कक्षामा बढीमा १८ जना विद्यार्थी राखेर भाषा कक्षा अध्ययन गराइने भन्दै कँडेलले एउटा कक्षा दुई घण्टाको हुने जानकारी दिनुभयो ।

    कार्यक्रममा बान्जाईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) उन्नति भुसालले आफू विसं २०५९ मा जापान गएर १० वर्ष अध्ययन गरेर फर्किएपछि शैक्षिक बान्जाई सञ्चालनमा ल्याएको बताउनुभयो । भुसालले जापान बस्दा अध्ययन गरेका विषयवस्तुसहित त्यहाँका कानुनी तथा सांस्कृतिक विषय समेटेर पुस्तक प्रकाशित गर्नुभएको छ । “जापान जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने भाषासम्बन्धी सबै ज्ञान पुस्तकमा समावेश गरेको छु” उहाँले भन्नुभयो, “हामीले सिधै जापानका स्कुलसँग सहकार्य गरेर विद्यार्थी भिषामा यहाँबाट विद्यार्थीहरु पठाउँछौँ ।”

    जापान अध्ययन गर्न जानका लागि कम्तीमा पनि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने भन्दै उहाँले अध्ययन ग्याप आठ वर्षसम्म हुनेलाई जापान पठाउन सकिने बताउनुभयो । “जापान जानका लागि भाषा महत्वपूर्ण हो, भाषामा निपूर्ण भएपछि एजुकेशन ग्यापलाई त हामी मिलाएर पठाउँछौँ” उहाँले भन्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतीय उपाध्यक्ष शिरिष पन्तसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.