• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सौराहामा देशभरका न्यूरो सर्जन एकै ठाउंँमा : अनुभव र ज्ञान आदानप्रदान


  •   शनिबार, असार ३०, २०८० मा प्रकाशित
  • चितवन । सौराहामा नेपालका विभिन्न अस्पतालमा कार्यरत न्यूरोसर्जनबीच सर्जन विषयमा भए गरेका नविनतम प्रविधि र अभ्यासबारे अन्र्तक्रिया गरिएको छ । नेप्लीज सोसाईटी अफ न्यूरो सर्जनको आयोजनामा शनिबार उनीहरु बीच ज्ञान साटासाट र अनुभब आदान प्रदान गरिएको हो ।

    Advertisement

    सो अवसरमा पांँचजना न्युरो सर्जनले नेपालमा न्युरो सर्जनबीच भएका हेड इन्जुरी,स्पाइनल इन्जुरी र पार्किसन्स जस्ता जटिल रोग उपचार अभ्यास र नवीनतम प्रविधिको प्रयोग बारे प्रस्तुतीकरण गरेका थिए ।

    प्रस्तुतीकरण दिदै पुरानो मेडिकल कलेज भरतपुरका न्यूरो सर्जन डाक्टर बिनोद भट्टराईले पछिल्लो समय न्यूरो सर्जनका बिषयमा भएका नवीनतम प्रविधिले उपचारमा सहज हुदै गएको बताए । ‘नेपालमा पनि न्यूरो सम्बन्धी टेक्नोलोजी धेरै भित्रिसकेका छन , उनले भने , जसले गर्दा उपचार पद्धतिमा सहज र निको हुने दर पनि बढेको छ ।’

    केही बर्ष अघि न्यूरो सर्जन उपचारका लागि काठमाडौं र विदेश जाने बाध्यता रहेता पनि हाल न्यूरो सर्जनका विशिष्टीकृत सेवा चितवनमा पनि हुने गरेको उनले जानकारी दिए । पुरानो मेडिकल कलेजमा पनि देशका पूर्वी र पश्चिम जिल्लाका विरामीहरु न्यूरोका बिरामी आउने गरेको र उपचार सफल दर र निको हुने बिरामीको संख्यामा पनि बृद्धि भएको उनको भनाई थियो ।

    अन्नपूर्ण न्युरो अस्पताल,काठमाडौंका चिकित्सक डाक्टर जेसिका शाक्यले नेपालमा जटिल रोगका उपचारमा परिवर्तन र थप अनुसन्धान भईरहेको जानकारी दिइन् । प्रस्तुतीकरण दिंँदै उनले प्रविधिले गर्दानै पार्किन्सन्स जस्तो जटिल रोगको उपचार पनि नेपालमा सफल भईरहेको बताईन । उनले जटिल रोग पार्किन्सन्सको उपचार पद्धति र औषधि बारे प्रस्तुती दिएकी थिईन् ।

    कार्यक्रममा सोसाईटीका अध्यक्ष डाक्टर सुदन ढकालले हरेक महिना यो क्षेत्रका चिकित्सक, अनुसन्धनकर्ता बीच ज्ञान साटासाट, अनुभव र प्रविधिको प्रयोग बारे अन्र्तक्रिया गर्दै आएको बताए । ‘यस्ता अन्र्तक्रियाले चिकित्सकबीच ज्ञानसाटासाट र अनुभव पनि साटासाट हुन्छ ,उनले भने , र यस क्षेत्रका चुनौतिलाई सरोकार निकायबीच पुरयाउन पनि मदत पुग्छ ।’

    न्यूरो रोग र उपचारविधिका बारेमा बिरामी एवं सेवाग्राहीलाई अवगत गराई उनीहरुको उपचारमा सहज पहुंँच पुर्याउन पनि कार्यक्रम फलदायी हुने अध्यक्ष ढकालको भनाई थियो ।

    कार्यक्रममा न्यूरो सर्जनको बारेमा डाक्टर शशी भुषण शाह, रेडियोलोजिष्ट डाक्टर विष्णु सिग्देल र डाक्टर सुनील मुनाकोमीले प्रस्तुतिकरण दिएका थिए । हाल यो संस्थामा सयजनाभन्दा बढी चिकित्सक सर्जनहरु आबद्ध रहेका छन ।

    शनिबार, असार ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.