• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सामुहिक खेती गरेर मनग्य आम्दानी गर्दै युवा


  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
  • मनोज गिरी, चितवन । चितवनका केही युवाहरुले सामूहिक खेतीबाट राम्रो आर्जन गरेर सफल भएका छन । बाबुहरुले गर्दै आएको कृषिकर्मलाई बचाउन छोराहरुको पुस्ताले सामूहिक खेतीको योजना बनाएर छुट्टाछुट्टै खेती गर्दै आएको जमिनलाई समूहमा ल्याएका हुन् ।
    युवा आधुनिक सामूहिक खेती फार्म स्थापना गरी १८ परिवारले सुरू गरेको सामूहिक खेतीमा थप कृषकहरु आकर्षित भएका छन् । सामूहिक खेती सुरू गरेको पनि ४ वर्ष भयो । उनीहरुले समूहमा गर्दा सुरूको वर्ष ५० बिगाहा, दोस्रो वर्ष ९० र तेस्रो वर्ष बढाएर सय बिगाहा बनाएका थिए ।

    Advertisement

    सामूहिक खेतीमा अहिले दश जना थपिएर २८ जना पुगेको र सय बिघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती सुरू गरिएकोमा अहिले ५० बिगाहा थपिएको फार्मका अध्यक्ष लेखनाथ भूषालले बताए ।
    हाल भरतपुरका वडा नम्बर २०, २३, २४ र २५ गरी चारवटा वडामा कृषिकर्म फैलिएको उनले बताए । ‘अहिलेसम्म सबैले सबै किसिमका तरकारी थोरै थोरै उत्पादन गर्थे भने अब प्लट अनुसारको उत्पादन गर्न थालेका छन् । २८ वटा प्लट हुनेछन् र हरेक प्लटको म्यानेजर छुट्टाछुट्टै हुनेछ’, भूषालले भने, ‘यसले गर्दा किसानलाई धेरै थरी तरकारी उत्पादनको झन्झट पनि भएन ।’
    सामूहिक खेतीले बालीमात्रै भित्र्याएको छैन, जमिन बाँझै हुने समस्या पनि हल गरेको छ । ‘बाँझो हुन गएका खेत सामूहिक खेतीले उब्जाउ र हराभरा बनेका छन, भूषालले भने ‘यसले गाउँमा गज्जबसँग सामूहिक भावना पनि बढाएको छ ।’

    उनीहरुले तरकारीखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेश मातहतको कृषि ज्ञान केन्द्र, चितवनबाट अनुदान पाएका छन् । ज्ञान केन्द्रबाट ब्लक कार्यक्रम फार्म अनुदान पाएका थिए भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट क्षेत्र विस्तार कार्यक्रममार्फत ५ लाख रूपैयाँ अनुदान पाएको उनले बताए ।
    महानगरबाट ५० प्रतिशत अनुदानमा विभिन्न कृषिजन्य सामग्री जस्तैः हाते ट्रयाक्टर, बोलेरो गाडी, टनेल, थोपा सिंचाइ, बीउ तथा आवश्यक मललगायत सामग्री पनि पाउने गरेका छन् । त्यति मात्रै हैन, सरकारीतर्फबाट तालिमहरु पाइरहेको पनि उनी बताउँछन् । ‘यसरी तरकारीखेतीका लागि अनुदान पाउँदा व्यवसाय गर्न धेरै सहज हुन्छ, काम गर्ने थप हौसला मिल्छ’, उनले भने ।

    बिहानदेखि बेलुकासम्म तरकारी हेरचाहमा व्यस्त रहने उनीहरुले थप ५० जनालाई रोजगारसमेत दिएका छन् । सबैले आआफ्नो विभाग छुट्टयाएर काम गर्छन् ।
    उनको बारीमा अहिले धानखेतीदेखि घिरौँला, बोडी, करेला, फर्सी हुर्किरहेका छन् । ‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीलाई कम उपयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु, भूषालले भने, ‘अब कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नुपर्ने छ ।’

    मानिसहरुले कस्तो माटोमा कुन बाली लगाउँदा फाइदा हुने र बजार मूल्यलगायत कुराको अध्ययन नगरी खेती गर्दा घाटा बेहोर्ने गरेको उनले बताए । अन्नबाली र तरकारीखेती गरिरहेका उनले अब बाख्रा र गाईपालन गर्ने योजनामा छन् । त्यसपछि हाँस, टर्की पनि पाल्ने योजना रहेको उनले सुनाए ।
    समूहका सचिव सुमन सुवेदीले अब बीउदेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए । ‘किसानले किन्नुपर्ने बीउ, मलदेखि उत्पादनलाई बजार पु¥याउने समयसम्म बिचौलियाको जगजगी थियो’, सुवेदीले भने, एक्लै–एक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन पाएका छैनन् ।’
    उनले नै चितवनमा कुरिलोको व्यावसायिक खेती अघि बढाए , बजार बनाए । अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन् ।

    बुधबार, साउन १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.