• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बाढी र डुबानबाट ग्रसित कुतियाकवरको स्थलगत र प्रभावित क्षेत्रको अनुगमन


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • महेन्द्रनगर । प्रायः घरायसी काम, खेतीपाती र सिमावर्ती भारतीय बजारमा मजदुरीमा व्यस्त रहने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरका स्थानीय आज गाउँमै जम्मा भएका थिए । जोगबुढा नदीमा रहेको झोलुङ्गे पुल तर्दै लस्करै उच्चस्तरीय सैनिक टोली जोगबुढा र महाकाली नदीको दोसाथको बस्ती कुतियाकवर पुगेपछि स्थानीयले विसं २०२२ देखि सीमा रक्षक भएर विकट बस्तीमा भोग्नुपरेको समस्या सुनाए ।

    Advertisement

    बाढी र डुबानबाट ग्रसित हुने कुतियाकवरको स्थलगत अवस्था र प्रभावित क्षेत्रको अनुगमनका क्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, पृतनाका सहायक रथी सुरज रावल र श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापालगायत सैनिक अधिकृतको टोली त्यहाँ पुगेको थियो ।

    बस्तीमा बाढीबाट बच्न निर्माण हुन लागेको ‘सेफ हाउस’ को छेउमा जम्मा भएका स्थानीयका तर्फबाट बस्तीका अगुवा टेकबहादुर सुनारले विसं २०२२ देखि बसोबास रहे पनि विसं २०२९ बाट बस्ती नदी कटान र डुबानको समस्याबाट ग्रसित रहेको बताउनुभयो । दलित समुदायको बाहुल्यता रहेको सीमावर्ती कुतियाकवर गाउँमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि बाढी र नदी कटानकै कारण विस्थापित भएर त्यसो सङ्ख्या ४२ मा साघुरिएको सुनारको भनाइ थियो ।

    “यति लामो समय सीमाको रक्षक भएर पनि अभावका बीच सिमाना जिन्दगी बितायौँ”, छ वर्षदेखि कुतियाकवर सामुदायिक विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुनारले सैनिक टोली सामु भन्नुभयो, “२०७४ सालमा जोगबुढा पुलबाहेक बस्तीमा सरकारको कुनै सहयोग भएन, चुनावका बेला नेताले आश्वासन मात्रै छरे ।”

    उहाँले अझै पनि वर्षातका बेला बाढी बस्ती पस्दा तीन किलोमिटर टाढा रहेको अम्बिका माविमा आश्रय लिन जानुपर्ने अवस्था रहेको बताउनुभयो । “विसं २०७८ को बाढीपछि त हरेक वर्षातमा स्थानीयमा बाढीको त्रास नै रहन्छ ।” सुनारले भन्नुभयो, “अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा सेफ हाउस बन्दैछ ।” सीमावर्ती बस्तीको बाढी र कटानको समस्या बुझ्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले वर्षातका बेला हुने बाढीलगायत विपद् व्यवस्थानका लागि सेना जनशक्ति र स्रोत साधनसहित तयार अवस्थामा रहेको बताउनुभयो ।

    “यहाँको वस्तुस्थिती हेर्दै स्थानीय नागरिक र स्थानीय तहसित समन्वय गरी बाढीका बेला जनधनको क्षति न्यूनीकरणका लागि हामी जहिल्यै अग्रसर छौँ”, उहाँले भन्नुभयो, “वर्षातका बेला हरेक जिल्लामा तैनाथ सैनिक टोली विपत् व्यवस्थापन तथा क्षति न्यूनीकरणका लागि सदैव तयारी अवस्थामै रहन्छ ।”

    उहाँको टोलीले मङ्गलबार नै कञ्चनपुरको लालझाडी र पुर्नवास नगरपालिकामा बाढीबाट प्रभावित क्षेत्र क्षेत्रको अनुगमन गरेको थियो । त्यसैगरी दोधारा चादँनी नगरपालिकाका किशोरकुमार लिम्बूले बाढीबाट स्थानीयवासीलाई जोगाउन आवश्यक स्रोत साधनसहित नगरपालिकाले विभिन्न निकायसित छलफल र सहकार्य गरिरहेको बताउनुभयो । उहाँले स्थानीय प्रशासन र स्थानीय तहबीच विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहकार्य गर्न र साधन स्रोत जुटाएर जनशक्ति परिचालन गर्ने विषयमा सहमति जुटेको बताउनुभयो ।

    कुतियाकवरमै जन्मिएका ४२ वर्षीय भीमसिंह सुनारले गाउँकै प्रमुख समस्या नै बाढी र नदी कटान रहेको बताउनुभयो । “पचासौँ बिघा जमिन जोगबुढा र महाकाली नदीले कटान गरिसक्यो होला”, उहाँले भन्नुभयो, “दुई नदीको दोसाधको मुखमै बस्ती पर्ने भएकाले बढी क्षति हुँदै आयो ।”

    उहाँले जोगबुढामा पुल बनेपछि त्यहाँ डुङ्गामा आवातजावत गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउनुभयो । बस्तीमा प्राथमिक तहको विद्यालय आवश्यक रहेको बताउँदै सुनारले अझै आधा घण्टा पैदल हिँडेर बालबालिका जोगबुढा पारी अध्ययनका लागि जानुपर्ने बाध्यता रहेको बताउनुभयो । पछिल्लो समय भारतीय पक्षसित भने सीमामा कुनै खालको बैमनश्यता नरहेको सुनारको भनाइ छ । “यहाँ हिउँदको खेतीले गुजारा गर्नुपर्ने बेला छ”, सुनारले भन्नुभयो, “वर्षातको त पाउने की नदीले कटान गरी लैजाने भन्ने टुङ्गो नै हुँदैन ।” रासस

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.