• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

इयुको सहयोगमा अन्तराष्ट्रियस्तरको कफी रोष्टर तयार


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • काठमाडौं । कफी रोस्टिङमा आधुनिक प्रविधिको प्रयोग गरी नेपाली कफीको गुणस्तर अभिवृद्धि गर्न ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरका दुई दर्जन कफी रोष्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुण भएका कफीको गुणस्तर अनुगमन गर्ने संस्था विशिष्ट कफी संघ ( स्पेसियल्टी कफी एशोसिएसन )को मापदण्ड अनुसार उनीहरू प्रशिक्षित भएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड , नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा साउन १ देखि १९ गते सम्म चलेको कार्यशालामा८÷८ जनाको तीनवटा छुट्टा छुटै समूहका लागि ५÷५ दिन गरीकुल २४ जनालाई सहभागी गराइएको थियो ।

    Advertisement

    कार्यशालामा काठमाडौं,चितवन, पोखरा,काभ्रे , धनकुटा लगायतका जिल्लामा सक्रिय रहदै आएका कफी रोष्टरहरू सहभागी थिए ।कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउनको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ कफी रोष्टिङ क्षेत्रमा संलग्न व्यवसायीतथाकामदारहरूलाई लक्षित यो कार्यशाला आयोजना गरिएको हो ।

    नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरबाट कफी रोष्टिङ गर्ने प्राविधिक सीपको अभाव रहेको अवस्थामा यस कार्यशालाले यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कफी रोष्टरहरू उत्पादन गरेकव र यसबाट कफीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नेपालमा करिब २०–२५ कफी रोस्टिङ फर्महरू सञ्चालनमा छन् ।
    “कफी रोष्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोष्टटिङ गरिएको कफीको दानाले नै कफीको गुणस्तर निर्धारण हुन्छ।यो कार्यशालाको पाठ्यक्रम नै प्रशिक्षार्थीहरूलाई रोष्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाइ उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । यसै क्षेत्रमा कार्यरत सहभागीहरू भएकोले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ सीपले कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ ” कार्यशालाका मूल प्रशिक्षक निमा शेर्पाले भने ।

    कार्यशालामा उच्च स्तरीय प्रयोगशालामा प्रयोगात्मक विधि र सैद्धान्तिक ज्ञान मार्फतसहभागीहरूलाई रोस्टिङ प्रक्रियाको बारेमा परिचित गरी दक्ष बनाइएको बताउँदै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक शेर्पालेयस कार्यशालामा विशेषगरीरोस्ट साइकल, रोस्ट लेभल देखि कफिको दानामा देखिने परिवर्तनहरू पहिचान गर्ने र रोष्टिङ स्थल व्यवस्थापन गर्ने विधि सिकाइएको बताए ।
    यस कार्यशालाले नेपाली कफीको मूल्य श्रींखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाहरूले लिएका छन् । “उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायहरूले उच्च स्तरका उपभोक्ताहरूलाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन्। त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायहरूको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं” नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने ।
    “मैले यो कार्यशाला निकै ज्ञापवर्द्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्ति मार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धन प्रविधिहरू प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग पुर्याउन सकिनेमा म विश्वस्त छु” चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी घो मायाँ गुरूङले भनिन् ।

    “युरोपियन युनियनले नेपाली कफीको मूल्य श्रींखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ । यस क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई रोजगारी दिएर गुणस्तरीय उत्पादनहरू उपलब्ध गराएमा उच्च मूल्यको नेपाली कफी उपभोग गर्ने गुणस्तर सचेत ग्राहकहरूलाई आकर्षित गर्न सक्छौं,” युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले भने ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.