• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

सुरु भयो जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको औपचारिक तयारी


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) का लागि नेपालले आफ्नो आन्तरिक तयारीको औपचारिक सुरुआत थालेको छ ।

    Advertisement

    वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा उच्चस्तरीय राष्ट्रिय निर्देशक समितिको बैठक आज सम्पन्न गरेको छ । वनमन्त्री डा वीरेन्द्रप्रसाद महतोको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सल्लाहकार, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूको सहभागिता थियो ।

    बैठकमा कोप–२८ को तयारीका लागि बनाइएको समग्र मार्गचित्रका बारेमा जानकारी गराउँदै त्यसको कार्यान्वयन सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री डा महतोले सम्मेलनको तयारी समयमै थाल्न र सरोकारवाला सबैलाई सहभागी गराई प्रभावकारी प्रस्तुतिका लागि तयारी गर्न निर्देशन दिनुभएको थियो ।

    मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, वनसचिवको अध्यक्षतामा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।

    यसैगरी सम्मेलनको तयारीका लागि यसअघि अन्तर्राष्ट्रियरूपमा नोगेसेटिङ ब्लकअन्तर्गत जि ७७ एण्ड चाइना, क्लाइमेट भलनरलेबल फोरम, एलडिसिज ग्रुपलगायतसँग निकाय र संयन्त्रसँग समन्वय गरी आधारभूत तयारी थालिसकेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सचिव डा बुद्धिसागर पौडेलले राससलाई जानकारी दिनुभयो ।

    सम्मेलनको तयारीका लागि मन्त्रालयले सरोकारवाला विज्ञसहितको समूह गठन गरी विभिन्न सुझाव सङ्कलन गरेर राष्ट्रिय कार्यपत्रको तयारी गरिने उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन यस वर्ष आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।

    आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले यही साउन १६ गते उहाँलाई भेट गरी निमन्त्रणा गर्नुभएको थियो ।

    विश्व जलवायु शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिकरूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने युएइको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको छ । रासस

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.