• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

्प्रतिष्ठित व्यवसायी एवं समाजसेवी शाक्यको आत्मकथा ‘जीवनलाई फर्किएर हेर्दा’ विमोचन


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढका प्रतिष्ठित सुनचाँदी व्यवसायी एवं समाजसेवी ज्ञानेन्द्रमान शाक्यको आत्मकथा ‘जीवनलाई फर्किएर हेर्दा’ सार्वजनिक भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सोमबार भरतपुर–१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।
    विमोचित पुस्तकमाथि लेखक एवं समालोचक डिआर पोखरेलले टिप्पणी गरेका थिए । उनका अनुसार पुस्तकभित्र व्यवसायी शाक्यको बाल्यकालदेखि हालसम्मका संस्मरणहरु समेटिएको छ । पुस्तकभित्र शाक्यले खुलेर आफ्नो जीवनका रोमाञ्चक क्षणहरुको समेत उल्लेख गरेको पोखरेलले बताए ।
    न्यू लोकमान एण्ड सन्स सुनचाँदी पसलका संचालक शाक्यले आफ्नोबारेमा सबैले जानकारी पाऊन् भन्ने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको बताए । आफूले यो संसार छाडेर गएपछि पनि भावी पुस्ताले आफूलाई सम्झने एउटा माध्यमका रुपमा पुस्तक प्रकाशित गरेको उनले बताए । यो संस्करण प्रकाशनको लागि जेठा छोरा निलेनमान शाक्यले उत्प्रेरणा दिएको उनले बताए ।

    Advertisement

    उक्त पुस्तकको लेखन,सम्पादन लेखक डिआर पोख्रेल, वरिष्ठ पत्रकार विरेन्द्रमणी पौडेल र सूर्यप्रकाश कंडेलले गरेका हुन् ।
    सोही समारोहमा लोकमान एण्ड सन्सद्वारा निर्मित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको प्रवेशद्वारको समेत प्रदेश मन्त्री जोशीले समुद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले समाजसेवाको क्षेत्रमा शाक्यको योगदान प्रशंसनीय रहेको बताए । उनले श्री वागीश्वरी आध्यात्मिक परिषद् र यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालय लगायत विभिन्न संस्थाको उन्नतिका लागि सहयोग गर्न आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

    बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवालले परिषद्को थप विकासका लागि सहयोगको नदी होइन, सागर नै ल्याउन पहल गर्ने उद्घोष गरे । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष डा। यमबहादुर बिकेले समाजसेवाका अनुकरणीय व्यक्तित्व ज्ञानेन्द्रमान शाक्यले आत्मकथा प्रकाशित गरेर अर्को उदाहरणीय काम गरेको बताए ।

    श्री वागीश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष एवं यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालयका कार्यवाहक अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार वीरेन्द्रमणि पौडेलले संचालन गरेका थिए । अध्यक्ष पियाले परिषद् र प्राकृतिक चिकित्सालयलाई सहयोगी हातहरुको खाँचो रहेको बताए ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.