• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

्प्रतिष्ठित व्यवसायी एवं समाजसेवी शाक्यको आत्मकथा ‘जीवनलाई फर्किएर हेर्दा’ विमोचन


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढका प्रतिष्ठित सुनचाँदी व्यवसायी एवं समाजसेवी ज्ञानेन्द्रमान शाक्यको आत्मकथा ‘जीवनलाई फर्किएर हेर्दा’ सार्वजनिक भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सोमबार भरतपुर–१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।
    विमोचित पुस्तकमाथि लेखक एवं समालोचक डिआर पोखरेलले टिप्पणी गरेका थिए । उनका अनुसार पुस्तकभित्र व्यवसायी शाक्यको बाल्यकालदेखि हालसम्मका संस्मरणहरु समेटिएको छ । पुस्तकभित्र शाक्यले खुलेर आफ्नो जीवनका रोमाञ्चक क्षणहरुको समेत उल्लेख गरेको पोखरेलले बताए ।
    न्यू लोकमान एण्ड सन्स सुनचाँदी पसलका संचालक शाक्यले आफ्नोबारेमा सबैले जानकारी पाऊन् भन्ने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको बताए । आफूले यो संसार छाडेर गएपछि पनि भावी पुस्ताले आफूलाई सम्झने एउटा माध्यमका रुपमा पुस्तक प्रकाशित गरेको उनले बताए । यो संस्करण प्रकाशनको लागि जेठा छोरा निलेनमान शाक्यले उत्प्रेरणा दिएको उनले बताए ।

    Advertisement

    उक्त पुस्तकको लेखन,सम्पादन लेखक डिआर पोख्रेल, वरिष्ठ पत्रकार विरेन्द्रमणी पौडेल र सूर्यप्रकाश कंडेलले गरेका हुन् ।
    सोही समारोहमा लोकमान एण्ड सन्सद्वारा निर्मित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको प्रवेशद्वारको समेत प्रदेश मन्त्री जोशीले समुद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले समाजसेवाको क्षेत्रमा शाक्यको योगदान प्रशंसनीय रहेको बताए । उनले श्री वागीश्वरी आध्यात्मिक परिषद् र यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालय लगायत विभिन्न संस्थाको उन्नतिका लागि सहयोग गर्न आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

    बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवालले परिषद्को थप विकासका लागि सहयोगको नदी होइन, सागर नै ल्याउन पहल गर्ने उद्घोष गरे । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष डा। यमबहादुर बिकेले समाजसेवाका अनुकरणीय व्यक्तित्व ज्ञानेन्द्रमान शाक्यले आत्मकथा प्रकाशित गरेर अर्को उदाहरणीय काम गरेको बताए ।

    श्री वागीश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष एवं यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालयका कार्यवाहक अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार वीरेन्द्रमणि पौडेलले संचालन गरेका थिए । अध्यक्ष पियाले परिषद् र प्राकृतिक चिकित्सालयलाई सहयोगी हातहरुको खाँचो रहेको बताए ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.