• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

नेपाली कांँग्रेस चितवनले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • चितवन । नेपाली काङ्ग्रेस चितवनले यहि भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्या लय कमलनगर नारायणगढमा सोमबार बसेको जिल्ला कार्यसमितिको नियमित पुर्ण बैठकले भाद्र २३ र २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

    Advertisement

    सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रिय नेता डा. शेखर कोइरालाले सम्बोधन गर्नु हुनेछ भने अन्य केन्द्रीय नेताहरुको विशेष उपस्थिति रहने नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

    यस्तै बैठकले क्रियाशिल सदस्यता नविकरण अभियान र आन्तरिक विशेष अभियानको समिक्षा गरि जिल्ला प्रतिनिधि, वडा सभापति,कार्यसमिति लगायत सबै तहका कार्यकर्ताहरुलाई विशेष धन्यबाद ज्ञापन समेत गरेको छ । यसैगरी बैठकमा सभापति राजेश्वर खनालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र सचिव ध्रुवराज पोखरेलले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदनलाई सुझाव र प्रतिक्रिया सहित अनुमोदन गरि जिल्ला सम्मेलनमा पेश गर्ने निर्णय समेत गरिएको छ ।

    बैठकले जिल्ला सदस्य जगन्नाथ न्यौपानेको संयोजकत्वमा गठित अभिलेख, मूल्याङ्कन तथा अनुगमन बिभागको कार्यविधि सुझाव सहित पारित गर्दै ७ वटै पालिकाहरुमा पालिका बाटिका निर्माण गर्ने,भाद्र २७ गते महिला संघको आयोजनामा दरखाने कार्यक्रम सम्पन्न गर्ने र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको शोक प्रस्ताव पारित गरी उहांँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।

    पार्टी सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी, सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेशसभा सभापतिहरु, पालिका सभापतिहरु लगायतका अन्य तह र तप्काका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बैठकमा क्रियाशील सदस्यता नविकरण अभियान र आन्तरिक विशेष अभियान–२०८० को समिक्षा गर्नुका साथै आगामी पालिका सम्मेलन, प्रदेशसभा सम्मेलन, क्षेत्रीय सम्मेलनका वारेमा बृहत छलफल गरि सुझाव संकलन गरिएको छ । पार्टीले भोलि मगलबार भरतपुर महानगर सम्मेलन गर्दैछ ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.