काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री बैदेशिक शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो–२०२३’ सम्पन्न गरेको छ । सूचना प्रविधि बिषय अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजले उक्त एक्स्पो सम्पन्न गरेको हो । एक्स्पो आइतबार र सोमबार गरी दुईदिनसम्म चलेको थियो ।
कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुसार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले जानकारी दिईन । विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपुर्ण अवसर रहेको पौडेलले बताईन । बिशेष री आर्टिफिसियल इन्टेलिजेन्स( एआई)सँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा राखिएका थिए ।
एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा जोशीले बताईन् । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो । एक्स्पोमा विद्यार्थीको बाक्लो सहभागिता रहेको थियो ।