• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राजधानी आस्थाका प्रधान सम्पादक ढकाललार्ई लक्की फिल्मी अवार्ड


  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
  • चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले वरिष्ठ पत्रकार नवराज ढकाललाई सम्मान गर्ने भएको छ । राजधानी आस्था साप्ताहिक पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक ढकाललाई मिडियाले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ मा पत्रकारिता विधातर्फ सम्मानित गर्न लागिएको हो ।

    Advertisement

    मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लामो समयदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ढकाललाई सम्मान गर्न लागिएको जानकारी दिनुभयो । विसं २०२३ सालमा काभ्रेमा जन्मिएर विसं २०४७ मा चितवन झर्नुभएका ढकालले विसं २०५२ देखि पत्रकारिता क्षत्रेमा क्रियाशील हुनुहुन्छ । तत्कालीन पारदर्शी साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका ढकालले पारदर्शी दैनिक, लोकतन्त्र दैनिक, जनआस्था साप्ताहिक, जनदिशा दैनिकलगायतका सञ्चार माध्यममा काम गरिसक्नु भएको छ ।

    विगत १५ वर्षदेखि राजधानी आस्था साप्ताहिक पत्रिका प्रकाशन गर्दै आउनु भएका ढकाल प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य एवं प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन विभागको उपाध्यक्ष हुनुहुन्छ । महाप्रबन्धक कार्कीका अनुसार अवार्ड तथा सम्मान कार्यक्रममा चितवनमा रहेर लामो समयदेखि काम गर्दै आउनु भएका व्यवसायी, चिकित्सक, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी सम्मान गरिँदैछ । सम्मानीत हुनेहरुको नाम क्रमशः सार्वजनिक गर्दै जाने कार्कीले बताउनुभयो ।

    ‘चितवनमै पहिलो पटक यसप्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ’ उहाँले भन्नुभयो, ‘अवार्डको प्रचारप्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।’ अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटो यात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिनुभयो । देशभरबाट विभिन्न विधाका दुई दर्जन कालाकारहरुलाई सम्मान गर्ने गरी असोजको अन्तिम साताभित्र अवार्ड कार्यक्रम आयोजना हुने कार्कीले जानकारी दिनुभयो ।

    लक्की मिडिया हाउस चितवनले यही असोज महिनामा गर्ने अवार्डको तयारी तीव्र बनाउँदै कार्यक्रमका लागि कलाकारसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेको कार्कीको भनाइ छ । महाप्रबन्धक कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताउनुभयो । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा उहाँले जोड दिनुभयो ।

    अवार्ड वितरणका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको उहाँले बताउनुभयो । विसं २०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउस चितवनले चितवनबाट सिनेमा बजारको प्रचार, प्रवर्द्धनका काम तथा विभिन्न इभेन्ट्सहरु गर्दै आइरहेको छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने महाप्रबन्धक कार्कीको भनाइ छ ।

    बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.