गैंडाकोट । गैंडाकोटको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्ट ( अक्सफोर्ड कलेज) र चीनको नान्जीङ्ग युुनिभर्सिटी अफ एरोनेटिक्स र एष्ट्रोनेटिक्स बीच प्राज्ञिक बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रोफेसर इञ्जिनियर हरि भण्डारी र युनिभर्सिटीका डिन प्रोफेसर जीन क्वान युआन बीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा अक्सफोर्ड कलेजका विद्यार्थी र शिक्षकले उक्त युनिभर्सिटीमा अध्ययन अध्यापन गर्न पाउने कलेजले जनाएको छ ।
कलेजका प्रिन्सिपल भण्डारीले आफ्नो कलेजले उक्त युनिभर्सिटीका अध्ययन अध्यापन लागि शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार लगायतका मापदण्ड पुरा गरेकाले उक्त समझदारी भएको जानकारी दिनुभयो । पत्रमा कलेज र युनिभर्सिटी बीच एघारवटा बुंँदामा समझदारी भएको छ । यो समझदारी गर्ने नेपालमै पहिलो कलेज भएको भण्डारीको भनाई छ ।
उहांँका अनुसार शिक्षक र विद्यार्थी सम्बन्धी एक्सचेन्ज, अनुसन्धान, मास्टर डिग्री र पिएचडी तहका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम सम्बन्धी संयुक्त सेमिनार र कार्यशाला , जर्नल प्रकाशन, इन्टनसिप र प्रोजेक्ट ट्रेनिङ्ग र क्रेडिट ट्रान्सफर लगायतका बिषयमा समझदारी भएको हो । शुरुवाती क्षणमा कलेज र युनिभर्सिटीबीच ४ बर्षको लागि समझदारी गरिएको भण्डारीले बताउनु भयो ।
अक्सफोर्ड कलेजमा आईटी, मेनेजमेण्ट, इञ्जिनियरिङ्ग अध्ययन गरेका स्नातक र सो भन्दा माथिल्लो तहका विद्यार्थीले कलेजको सिफारीसमा उक्त युनिभर्सिटीमा अध्ययन गर्न जान पाउने उहांँले बताउनु भयो ।
यसका लागि विद्यार्थीले कलेजमा न्यूनतम २ बर्ष अध्ययन गरेको हुनुपर्ने छ । यो युर्निभर्सिटी विश्वकै सय युर्निभसिटी भित्रको सूचीमा रहेकोले यहांँ नेपाली विद्यार्थीले पढ्न पाउनु गौरवको विषय भएको भण्डारीले बताउनु भयो । आगामी फ्रेबुअरी सेसनबाट अक्सफोर्ड कलेजबाट विद्यार्थी पठाउन शुरु गरिने उहांँले जानकारी दिनुभयो ।